टोर्नाडोजको जितमा सिताको ब्याटिंग योगदान

युएईमा जारि फेयरब्रेक आमन्त्रण प्रतियोगितामा सहभागी नेपाली राष्ट्रिय क्रिकेटर सिता राना मगरले पाँचौ खेल खेल्ने क्रममा राम्रो प्रदर्शन गरेकी छिन्।

आफ्नो टिम टोर्नाडोज वोमनलाई जित दिलाउने क्रममा सिताले बलिंगमा विकेटविहिन रहेता पनि ब्याटिंगमा अविजित १८ रन बनाएकी हुन्।

खेलमा फाल्कन्सले दिएको १३९ रनको लक्ष्य टोर्नाडोजले १९.२ ओभरमा ३ विकेट क्षतिमा भेटायो। तेश्रो नम्बरमा ब्याटिंग गरेकी सिताले २५ बलमा १ चौका प्रहार गर्दै अविजित १८ रन बनाईन्। ओपनर सोफी डिभाईन र स्टेरि कालिसले ९० रनको साझेदारी गरेपछि सिताले एक किनार सम्हाल्दै टिमलाई जितसम्म डोर्याउन सकिन्। सिताले मारिको हिललाई चौका प्रहार गर्दै विजयी रन समेत प्रहार गरिन्।

बलिंगमा विकेटविहिन रहेकी देब्रे हाते स्पिनर सिताले ३ ओभरमा १९ रन खर्चिन्।

प्रतियोगितामा ५ खेल खेल्दा सिताले ब्याटबाट दुई इनिंग्समा २२ रन बनाएकी छिन् भने बलिंगमा सबै ५ खेलमा बलिंग गर्ने अवसर पाउँदा ३ विकेट लिएकी छिन्।

प्रतियोगितामा बार्मी आर्मी वोमनबाट  सहभागी महिला राष्ट्रिय टिमकी कप्तान रुबिना क्षेत्रीले भने दुई खेलमा मात्र मौका पाएकी छिन्। त्यसक्रममा एउटा खेलमा मात्र बलिंग गर्ने अवसर पाएकी छिन् ब्याटिंग ब्याटिंगमा अवसर पाएकी छैनन्। रुबिनाले सफायर्ससंगको खेलमा २ ओभर बलिंग गर्दा २० रन खर्चेर विकेटविहिन रहेकी थिईन्।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]