टोर्नाडोजको जितमा सिताको ब्याटिंग योगदान

युएईमा जारि फेयरब्रेक आमन्त्रण प्रतियोगितामा सहभागी नेपाली राष्ट्रिय क्रिकेटर सिता राना मगरले पाँचौ खेल खेल्ने क्रममा राम्रो प्रदर्शन गरेकी छिन्।

आफ्नो टिम टोर्नाडोज वोमनलाई जित दिलाउने क्रममा सिताले बलिंगमा विकेटविहिन रहेता पनि ब्याटिंगमा अविजित १८ रन बनाएकी हुन्।

खेलमा फाल्कन्सले दिएको १३९ रनको लक्ष्य टोर्नाडोजले १९.२ ओभरमा ३ विकेट क्षतिमा भेटायो। तेश्रो नम्बरमा ब्याटिंग गरेकी सिताले २५ बलमा १ चौका प्रहार गर्दै अविजित १८ रन बनाईन्। ओपनर सोफी डिभाईन र स्टेरि कालिसले ९० रनको साझेदारी गरेपछि सिताले एक किनार सम्हाल्दै टिमलाई जितसम्म डोर्याउन सकिन्। सिताले मारिको हिललाई चौका प्रहार गर्दै विजयी रन समेत प्रहार गरिन्।

बलिंगमा विकेटविहिन रहेकी देब्रे हाते स्पिनर सिताले ३ ओभरमा १९ रन खर्चिन्।

प्रतियोगितामा ५ खेल खेल्दा सिताले ब्याटबाट दुई इनिंग्समा २२ रन बनाएकी छिन् भने बलिंगमा सबै ५ खेलमा बलिंग गर्ने अवसर पाउँदा ३ विकेट लिएकी छिन्।

प्रतियोगितामा बार्मी आर्मी वोमनबाट  सहभागी महिला राष्ट्रिय टिमकी कप्तान रुबिना क्षेत्रीले भने दुई खेलमा मात्र मौका पाएकी छिन्। त्यसक्रममा एउटा खेलमा मात्र बलिंग गर्ने अवसर पाएकी छिन् ब्याटिंग ब्याटिंगमा अवसर पाएकी छैनन्। रुबिनाले सफायर्ससंगको खेलमा २ ओभर बलिंग गर्दा २० रन खर्चेर विकेटविहिन रहेकी थिईन्।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy