रोमान्चक खेलमा नेपाल १ विकेटले पराजित, युगान्डालाई २-० को अग्रता

रोमान्चक दोश्रो खेलमा नेपाललाई १ विकेटले पराजित गर्दै युगान्डा महिला क्रिकेट टिमले नेपाल बिरुद्ध पाँच खेलको टि-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा २-० को अग्रता पाएको छ।

टियु अन्तर्राष्ट्रिय मैदानमा नेपालले दिएको १०२ रनको लक्ष भ्रमण टोलिले १ बल बाँकी हुँदा ९ विकेट गुमाएर भेटायो। स्कोरकार्ड

लक्ष पछ्याउने क्रममा युगान्डालाई अन्तिम २ ओभरमा जित्न १० रन आवस्यक थियो र साथमा ५ विकेट बाँकी थियो। १९ औं ओभरमा दायाँ हाते मिडियम पेसर सबनम राईले ४ रन खर्चेर २ विकेट लिंदा नेपाल खेलमा फर्कियो। अन्तिम ओभरमा जित्न ६ रन आवस्यक रह्यो। दायाँ हाते पेसर कविता कुँवरले ओभरको पहिलो बलमा वाइड दिएपछि लगातार २ बलमा २ विकेट लिंदै खेल रोमान्चक बन्यो। त्यसपछि भने नेपाल विकेट लिन असफल रह्यो र १ बल बाँकी हुँदा युगान्डाले लक्ष पुरा गर्यो।

युगान्डाको ब्याटिंगमा प्लेयर अफ द म्याच  रिता मुसमालीले सर्वाधिक ३० रन, फ्रान्कलिन नजुम्बाले १९ तथा जानेट एमबाब्जीले १६ रन योगदान दिए। नेपालको बलिंगमा कविता कुँवर र सबनम राईले २/२ विकेट तथा सिता राना मगर र रुबिना क्षेत्रीले १/१ विकेट लिए।

टस हारेर ब्याटिंग गरेको नेपालले २० ओभरमा ७ विकेट क्षतिमा १०१ रन बनायो।

नेपालको लागि ओपनर बिन्दु रावलले सर्वाधिक २६ रन बनाए। सरिता मगरले २२ तथा कप्तान रुबिना क्षेत्रीले १७ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अँकमा रन बनाउन सकेनन्। डली भट्टले अविजित ९ रन बनाइन् जुन क्रममा इनिंग्सको एक मात्र छक्का प्रहार गरिन्।

युगान्डाको बलिंगमा जनेट एमबाब्जीले २ तथा इभलिन एनीपो, कन्की अवेको र रिता मुसामालीले १/१ विकेट लिए।

सिरिजको पहिलो खेलमा युगान्डा १२ रनले विजयी भएको थियो। सिरिज अन्तर्गत तेश्रो खेल मे १९ तारिख ( बिहिबार ) खेलिनेछ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]