इन्डियन व्हीलचेयर प्रिमियर लिगमा चार नेपाली खेलाडी

भारतको दिल्लीमा आगामी महिना जुन २१ देखि २५ तारिखसम्म आयोजना हुने इन्डियन व्हीलचेयर प्रिमियर लिगको तेश्रो संस्करणमा चार जना नेपाली खेलाडीले पनि सहभागिता जनाउने भएका छन्।

व्हिलचेयर क्रिकेट संघ नेपालले सागर पाण्डे, बिष्णु पुकार श्रेष्ठ, दान बहादुर थिंग र रमेश खत्रीलाई प्रतियोगितामा पठाउने भएको संघका अध्यक्ष छुल्टिम शेर्पाले विकेटनेपाललाई जानकारी गराए। सहभागी खेलाडीहरुले तिन वर्ष अघि नेपालमा आयोजित एसिया कप खेलीसकेका छन्।

नेपाली खेलाडीहरु खेल्ने टिमहरुको भने टुंगो नलागेको शेर्पाले बताए। लिगमा ८ टिमको सहभागिता रहनेछ। खेलहरु दिल्ली स्थित बाल भवन अन्तर्राष्ट्रिय स्कुलमा खेलिनेछ।

२०१८ मा कराँची प्रिमियर लिगमा समेत नेपालबाट तिन जना खेलाडीको सहभागिता थियो।

व्हिलचेयर क्रिकेट संघ नेपालले जुन १० तारिखबाट नेपाल र भारत बीच फिजिकल्लि च्यालेन्जड क्रिकेट सिरिज आयोजना गर्दैछ।





थप समाचार

अनिल र आशिफको अर्धशतकमा नेपाल विजयी

काठमाडौं । ओपनर आशिफ शेख तथा अनिल शाहको अर्धशतकको सहयोगमा नेपालले वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ […]

अन्तिम खेल जित्न नेपाललाई १७३ रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ तथा अन्तिम खेल जित्न नेपालले १ सय ७३ रनको […]

नेपालले टस हार्यो, नेपाली टिममा दुई परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको पाँचौ खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]

विश्वकपका लागि अमेरिका र वेस्ट इन्डिजको टोली घोषणा

काठमाडौं । आगामी जुनमा आयोजना हुने टी-२० विश्वकपको संयुक्त आयोजक रहेका अमेरिका र वेस्ट इन्डिजले विश्वकपका लागि टोली घोषणा गरेका […]

वेस्ट इन्डिज ए सँगको अन्तिम खेल आज

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिजको पाँचौ तथा […]

विश्वकपमा नेपालको खेलतालिका यस्तो छ

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]