इन्डियन व्हीलचेयर प्रिमियर लिगमा चार नेपाली खेलाडी

भारतको दिल्लीमा आगामी महिना जुन २१ देखि २५ तारिखसम्म आयोजना हुने इन्डियन व्हीलचेयर प्रिमियर लिगको तेश्रो संस्करणमा चार जना नेपाली खेलाडीले पनि सहभागिता जनाउने भएका छन्।

व्हिलचेयर क्रिकेट संघ नेपालले सागर पाण्डे, बिष्णु पुकार श्रेष्ठ, दान बहादुर थिंग र रमेश खत्रीलाई प्रतियोगितामा पठाउने भएको संघका अध्यक्ष छुल्टिम शेर्पाले विकेटनेपाललाई जानकारी गराए। सहभागी खेलाडीहरुले तिन वर्ष अघि नेपालमा आयोजित एसिया कप खेलीसकेका छन्।

नेपाली खेलाडीहरु खेल्ने टिमहरुको भने टुंगो नलागेको शेर्पाले बताए। लिगमा ८ टिमको सहभागिता रहनेछ। खेलहरु दिल्ली स्थित बाल भवन अन्तर्राष्ट्रिय स्कुलमा खेलिनेछ।

२०१८ मा कराँची प्रिमियर लिगमा समेत नेपालबाट तिन जना खेलाडीको सहभागिता थियो।

व्हिलचेयर क्रिकेट संघ नेपालले जुन १० तारिखबाट नेपाल र भारत बीच फिजिकल्लि च्यालेन्जड क्रिकेट सिरिज आयोजना गर्दैछ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy