डेब्युमा हिरान्मयी चम्किंदा नेपालको पहिलो जित

डेब्युमा १५ वर्षीय लेग स्पिनर हिरान्मयी रोयले उत्कृस्ट बलिंग गर्दा नेपाली महिला राष्ट्रिय क्रिकेट टिमले युगान्डा बिरुद्ध पाँच खेलको घरेलु टि-२० सिरिजमा पहिलो जित दर्ता गरेको छ। यस अघि पहिलो ३ खेल जित्दै भ्रमण टोलिले सिरिज आफ्नो पक्षमा पारिसकेको छ।

१५ रनको जित दर्ता गर्ने क्रममा टियु अन्तर्राष्ट्रिय मैदानमा नेपालले दिएको ९८ रनको लक्ष्य पछ्याएको युगान्डाले निर्धारित १८ ओभरमा ८ विकेट क्षतिमा ८२ रन मात्र बनायो।  युगान्डा बिरुद्ध यो नेपालको पहिलो टि-२० अन्तर्राष्ट्रिय जित हो।

स्कोरकार्ड 

लक्ष पछ्याउने क्रममा युगान्डाले १३ ओभरमा ५६ रन बनाउदा मात्र ३ विकेट गुमाएको थियो। त्यसपछिको ५ ओभरमा नेपालले उत्कृस्ट पुनरागमन गर्यो र थप २६ रन खर्चंदै ५ विकेट लियो।

नेपालको बलिंगमा डेब्यु गरेकी लेग स्पिनर हिरान्मयी रोयले ३ ओभरमा मात्र ११ रन खर्चेर २ विकेट हात पारिन्। रोय प्लेयर अफ द म्याच समेत घोषित भईन्। कविता कुँवर, अश्मिना कर्माचार्य र रुबिना क्षेत्रीले १/१ विकेट हात पारिन्। युगान्डाको लागि जेनेट एम बाब्जीले सर्वाधिक २१ तथा रिता न्यागेन्डो र इभिलिन एनीपियोले समान १६ रन बनाए।

टस जितेर ब्याटिंग गरेको नेपालले वर्षाका कारण १८ ओभरमा छोट्याईएको खेलमा १७.५ ओभरमा ९७ रनमा सम्पूर्ण विकेट गुमायो। ओपनर ज्योति पाण्डे र बिन्दु रावलले १७ र १६ रन तथा सिता राना मगरले ११ रन बनाउनु बाहेक अन्य नेपाली ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। युगान्डा बलर कोन्सी अवेकोले ३ र सराह अकिटेंगले २ विकेट लिए।

सिरिज अन्तर्गत यस अघिको तिन खेल नेपालले क्रमशः १२ रन, १ विकेट र ६ विकेटले हारेको थियो। सिरिजको पाँचौ तथा अन्तिम खेल भोलि शनिवार खेलिनेछ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]