यू–१९ विश्वकप एसिया छनोट : यू–१९ महिला राष्ट्रिय टोलीको घोषणा

Kritika marasini

नेपाल क्रिकेट संघ (क्यान)ले मलेसियामा जेठ २० देखि २५ गतेसम्म आयोजना हुने आर्ईसिसी यू–१९ विश्वकप एसिया क्षेत्रको छनोट खेलका लागि नेपाली अन्तिम टोलीको घोषणा गरेको छ ।

क्यानले शनिबार छनोट खेलमा लागि स्पिनर कृतिका मरासिनीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो । छनोट खेलमा नेपालले नेपाल, यूएई, मलेसिया, कतार, भुटान, र थाईल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल शीर्ष स्थानमा रहन सके नेपाल सन् २०२३ मा दक्षिण अफ्रिकामा आष्योजना हुने टी–२० विश्वकपमा पुग्नेछ ।

आईसीसीले पहिलो पटिक यू–१९ महिला विश्वकप आयोजना गर्न लागेको हो । विश्वकपमा १६ टोलीको सहभागिता रहनेछ । छनोट खेलमा नेपालले २० गते कतार, २१ गते यूएई, २३ गते भुटान, २४ गते थाईल्यान्ड र २५ गते मलेसियासँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाली यू–१९ महिला टोली

कृतिका मरासिनी (कप्तान), स्नेहा महरा (उपकप्तान), एलिसा यादव विकेटकिपर, सृष्टी जैसी, मनिषा उपाध्यय, मनिषा रानामगर, साना प्रविन, रञ्जु श्रेष्ठ, आस्मा पुलामीमगर, सनु राजवंशी, किरण कुँवर, अञ्जली विक, अनु कडायत र सुस्मिता भुषाल ।





थप समाचार

सुदुरलाई हराउँदै एपीएफ लगातार चौथो पटक च्याम्पियन

काठमाडौं । सुदुरपश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप २०८१ को उपाधी जितेको छ । टियु […]

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर (आइपीएल) को ६७ औं खेलमा मुम्बई इन्डियन्सलाई लखनाउ सुपर जायन्ट्सले पराजित गरेको छ […]

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]

विश्वकपमा टस नजितेको नेपाल…

काठमाडौं । नेपालले आगामी जुन २ बाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपमा सहभागीता […]

टी-१० को लाइभ मकालु टिभीमा हुने

काठमाडौं । विराटनगरमा आयोजना हुने नेपाल टी-१० प्रतियोगिताको प्रत्यक्ष प्रशारणको अधिकार मकालु टेलिभिजनले लिएको छ । विराटनगर महानगरपालीकाको आयोजनामा हुने […]

नेपालले अमेरिका र क्यानडासँग वार्मअप खेल्ने

काठमाडौं । आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकपको वार्मअप खेलको खेल तालिका प्रकाशन भएको छ । […]