यू–१९ विश्वकप एसिया छनोट : यू–१९ महिला राष्ट्रिय टोलीको घोषणा

नेपाल क्रिकेट संघ (क्यान)ले मलेसियामा जेठ २० देखि २५ गतेसम्म आयोजना हुने आर्ईसिसी यू–१९ विश्वकप एसिया क्षेत्रको छनोट खेलका लागि नेपाली अन्तिम टोलीको घोषणा गरेको छ ।

क्यानले शनिबार छनोट खेलमा लागि स्पिनर कृतिका मरासिनीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो । छनोट खेलमा नेपालले नेपाल, यूएई, मलेसिया, कतार, भुटान, र थाईल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल शीर्ष स्थानमा रहन सके नेपाल सन् २०२३ मा दक्षिण अफ्रिकामा आष्योजना हुने टी–२० विश्वकपमा पुग्नेछ ।

आईसीसीले पहिलो पटिक यू–१९ महिला विश्वकप आयोजना गर्न लागेको हो । विश्वकपमा १६ टोलीको सहभागिता रहनेछ । छनोट खेलमा नेपालले २० गते कतार, २१ गते यूएई, २३ गते भुटान, २४ गते थाईल्यान्ड र २५ गते मलेसियासँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाली यू–१९ महिला टोली

कृतिका मरासिनी (कप्तान), स्नेहा महरा (उपकप्तान), एलिसा यादव विकेटकिपर, सृष्टी जैसी, मनिषा उपाध्यय, मनिषा रानामगर, साना प्रविन, रञ्जु श्रेष्ठ, आस्मा पुलामीमगर, सनु राजवंशी, किरण कुँवर, अञ्जली विक, अनु कडायत र सुस्मिता भुषाल ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy