महिला क्रिकेट टोलीको विदाई

२०७९ जेष्ठ ३१, मंगलवार २१:४७

मलेसियामा यही जुन १७ देखि २५ तारिखसम्म आयोजना हुने एसीसी महिला टी–२० क्रिकेट च्याम्पियनसिपमा सहभागिताको लागि मलेसिया जाने नेपाली टोलीको विदाई गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार नेपाली टोलीको विदाई गरेको हो । च्याम्पियनसिपका लागि क्यानले सोमबार नै १५ सदस्यीय खेलाडी टोलीको घोषणा गरिसकेको छ ।

प्रशिक्षक जगट टमटाले बन्द प्रशिक्षणमा रहेका १९ खेलाडीबाट अन्तिम टोलीको घोषणा गर्नुभएको हो । प्रशिक्षक टमटा र कप्तान रुविना क्षेत्रीले तयारी राम्रो गरेकोले नेपालको लक्ष्य उपाधि जित्ने रहेको बताउनुभयो । टोलीलाई राष्ट्रिय खेलकुद परिाषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, क्यानका पदाधिकारी लगायतले विदाई गर्नुभयो ।

च्याम्पियनसिपको समूह ‘बी’ मा रहेको नेपालले समूहको पहिलो खेल जुन १७ तारिख भुटान, दोस्रो खेल १८ तारिख कुवेत, तेस्रो खेल २० तारिख बहराइन, चौथो खेल २१ तारिख हङकङसँग प्रतिस्पर्धा गर्नेछ । एसीसीले सहभागि १० टोलीलाई दुई समूहमा विभाजन गरेको छ ।

समूह ‘ए’ मा मलेसिया, ओमान, कतार, सिंगापुर र संयुक्त अरव इमिरेट्स (यूएई) रहेको छ । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । सेमिफाइनल जुन २४ र फाइनल खेल २५ तारिख हुनेछ ।

नेपाली महिला टोली

रुविना क्षेत्री (कप्तान), इन्दु वर्मा, सिता रानामगर, ज्योती पाण्डे, काजल श्रेष्ठ, कविता कुँवर, अप्सरी बेगम, कबिता जोशी, डोली भट्ट, सवनम राई, संगिता राई, अस्मिता कर्मचार्य, मनिषा उपाध्याय, विन्दु रावल र ममता चौधरी ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy