महिला क्रिकेट टोलीको विदाई

मलेसियामा यही जुन १७ देखि २५ तारिखसम्म आयोजना हुने एसीसी महिला टी–२० क्रिकेट च्याम्पियनसिपमा सहभागिताको लागि मलेसिया जाने नेपाली टोलीको विदाई गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार नेपाली टोलीको विदाई गरेको हो । च्याम्पियनसिपका लागि क्यानले सोमबार नै १५ सदस्यीय खेलाडी टोलीको घोषणा गरिसकेको छ ।

प्रशिक्षक जगट टमटाले बन्द प्रशिक्षणमा रहेका १९ खेलाडीबाट अन्तिम टोलीको घोषणा गर्नुभएको हो । प्रशिक्षक टमटा र कप्तान रुविना क्षेत्रीले तयारी राम्रो गरेकोले नेपालको लक्ष्य उपाधि जित्ने रहेको बताउनुभयो । टोलीलाई राष्ट्रिय खेलकुद परिाषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, क्यानका पदाधिकारी लगायतले विदाई गर्नुभयो ।

च्याम्पियनसिपको समूह ‘बी’ मा रहेको नेपालले समूहको पहिलो खेल जुन १७ तारिख भुटान, दोस्रो खेल १८ तारिख कुवेत, तेस्रो खेल २० तारिख बहराइन, चौथो खेल २१ तारिख हङकङसँग प्रतिस्पर्धा गर्नेछ । एसीसीले सहभागि १० टोलीलाई दुई समूहमा विभाजन गरेको छ ।

समूह ‘ए’ मा मलेसिया, ओमान, कतार, सिंगापुर र संयुक्त अरव इमिरेट्स (यूएई) रहेको छ । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । सेमिफाइनल जुन २४ र फाइनल खेल २५ तारिख हुनेछ ।

नेपाली महिला टोली

रुविना क्षेत्री (कप्तान), इन्दु वर्मा, सिता रानामगर, ज्योती पाण्डे, काजल श्रेष्ठ, कविता कुँवर, अप्सरी बेगम, कबिता जोशी, डोली भट्ट, सवनम राई, संगिता राई, अस्मिता कर्मचार्य, मनिषा उपाध्याय, विन्दु रावल र ममता चौधरी ।





थप समाचार

नेपालको एकदिवसीय वरियता सुधार

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपालले फेरि एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको […]

चितवन रङ्गशालाबारे धुर्मुसले भने : देशका लागि काम गर्दा यति कठोर सजाय होला भन्ने कल्पनै थिएन

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले चितवनमा बनिरहेको क्रिकेट रङ्गशालाबारे छिटो निर्णय गरिदिन सरकारलाई आग्रह गरेका छन् । मङ्गलवार रङ्गशालाबाट सामाजिक […]

सोमपाललाई चन्द्रकोटले सम्मान गर्ने

गुल्मी, चैत ७ गते । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सोमपाल कामीलाई सम्मान गर्ने भएको छ […]

लुम्बिनी सरकारले रोहित सहित ६ खेलाडीलाई सम्मान गर्ने

लुम्बिनी प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई सम्मान गर्ने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को सोमबारको बैठकले आगामी वर्ष […]

किङ्सटन रनिङ सिल्ड : क्याम बेस्ट–११ विजयी

काठमाडौं, चैत ६ – क्याम बेस्ट–११ ले दोस्रो संस्करणको किङ्सटन रनिङ सिल्डमा सोमबार जेनएक्स–११ लाई ३ ले हराउँदै विजयी सुरुआत […]

आसिफले पाए सिएमजे स्पिरिट अफ क्रिकेट अवार्ड

सिएमजे स्पिरिट अफ क्रिकेट अवार्ड–२०२२ नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेखले जितेका छन् । मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) ले […]