बलियो नेपाल यु-१५ : प्रदेश-१ र बागमती विजयी

२०७९ असार १, बुधबार २१:३२

बलियो नेपाल न्युट्रिसन इनिसिएटिभको आयोजना तथा क्विन्स इभेन्ट मेनेजमेन्टको व्यवस्थापनमा आजबाट बलियो नेपाल अन्डर १५ क्रिकेट प्रतियोगिता सुरु भएको छ। काठमाण्डौ स्थित मुलपानी मैदानमा सुरु भएको प्रतियोगिताको पहिलो दिन बलियो प्रदेश १ र बलियो बागमती प्रदेशले जित हात पारेका छन्।

दिनको पहिलो खेलमा बलियो प्रदेश १ ले बलियो गण्डकी प्रदेशका बिरुद्ध ४ विकेटको जित दर्ता गर्यो । बर्षाका कारण १२ ओभरमा छोट्याइएको खेलमा टस हारेर पहिले ब्याटिङ्ग गरेको बलियो गण्डकी प्रदेशले ४१ रन मात्र जोड्न सक्यो । गण्डकी प्रदेशलाई सस्तैमा समेट्ने क्रममा बलियो प्रदेश १ का कृतिक कामतले ४ विकेट हात पारे । जवाफमा ४२ रनको लक्ष्य बलियो प्रदेश १ ले १०.५ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो ।

यस्तै दिनको दोस्रो खेलमा बलियो बागमती प्रदेशले बलियो ११ माथि २२ रनको जित दर्ता गर्यो । १२ ओभरमा छोट्याइएको खेलमा टस जितेर ब्याटिङ्ग रोजेको बलियो बागमती प्रदेशले ६ विकेट गुमाएर १३५ रन जोडेको थियो । उसका लागि आकाश खत्रीले ३२ बलमा ५१ रन जोडे । बलियो ११ का जेनिश पुन मगरले सर्वाधिक ३ विकेट आफ्नो नाम गरे । जवाफमा १३६ रनको लक्ष्य पछ्याएको बलियो ११ ले १४.४ ओभरमा सबै विकेट गुमाउनु अगि ११३ रन मात्र जोड्न सक्यो । बलियो ११ का पारस अएरले ४३ रन बनाउन बाहेक अन्य ब्याट्स्म्यानले उल्लेखनिय योगदान गर्न सकेनन । बलियो बागमतीका रोमन विष्टले ४ विकेट प्राप्त गरे ।

प्रतियोगिताको उद्घाटन पुर्व कप्तान पारस खड्काले ब्याटिङ्ग , बलियो नेपाल न्युट्रिसन इनिसिएटिभका प्रमुख कार्यकारी अधिकृत डा. अतुल उपाध्यायले ब्याटिङ्ग र बागमती प्रदेश क्रिकेट संघका अध्यक्ष राजु बस्न्यातले विकेट किपिंग गर्दै गरेका थिए ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy