बलियो नेपाल यु-१५ : प्रदेश-१ र बागमती विजयी

बलियो नेपाल न्युट्रिसन इनिसिएटिभको आयोजना तथा क्विन्स इभेन्ट मेनेजमेन्टको व्यवस्थापनमा आजबाट बलियो नेपाल अन्डर १५ क्रिकेट प्रतियोगिता सुरु भएको छ। काठमाण्डौ स्थित मुलपानी मैदानमा सुरु भएको प्रतियोगिताको पहिलो दिन बलियो प्रदेश १ र बलियो बागमती प्रदेशले जित हात पारेका छन्।

दिनको पहिलो खेलमा बलियो प्रदेश १ ले बलियो गण्डकी प्रदेशका बिरुद्ध ४ विकेटको जित दर्ता गर्यो । बर्षाका कारण १२ ओभरमा छोट्याइएको खेलमा टस हारेर पहिले ब्याटिङ्ग गरेको बलियो गण्डकी प्रदेशले ४१ रन मात्र जोड्न सक्यो । गण्डकी प्रदेशलाई सस्तैमा समेट्ने क्रममा बलियो प्रदेश १ का कृतिक कामतले ४ विकेट हात पारे । जवाफमा ४२ रनको लक्ष्य बलियो प्रदेश १ ले १०.५ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो ।

यस्तै दिनको दोस्रो खेलमा बलियो बागमती प्रदेशले बलियो ११ माथि २२ रनको जित दर्ता गर्यो । १२ ओभरमा छोट्याइएको खेलमा टस जितेर ब्याटिङ्ग रोजेको बलियो बागमती प्रदेशले ६ विकेट गुमाएर १३५ रन जोडेको थियो । उसका लागि आकाश खत्रीले ३२ बलमा ५१ रन जोडे । बलियो ११ का जेनिश पुन मगरले सर्वाधिक ३ विकेट आफ्नो नाम गरे । जवाफमा १३६ रनको लक्ष्य पछ्याएको बलियो ११ ले १४.४ ओभरमा सबै विकेट गुमाउनु अगि ११३ रन मात्र जोड्न सक्यो । बलियो ११ का पारस अएरले ४३ रन बनाउन बाहेक अन्य ब्याट्स्म्यानले उल्लेखनिय योगदान गर्न सकेनन । बलियो बागमतीका रोमन विष्टले ४ विकेट प्राप्त गरे ।

प्रतियोगिताको उद्घाटन पुर्व कप्तान पारस खड्काले ब्याटिङ्ग , बलियो नेपाल न्युट्रिसन इनिसिएटिभका प्रमुख कार्यकारी अधिकृत डा. अतुल उपाध्यायले ब्याटिङ्ग र बागमती प्रदेश क्रिकेट संघका अध्यक्ष राजु बस्न्यातले विकेट किपिंग गर्दै गरेका थिए ।





थप समाचार

प्रधानमन्त्री कप भक्तपुर छनोट :हिमालय र बिएमसीए विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा हिमालय स्पोर्ट्स म्यानेजमेन्ट र बिएमसीए विजयी भएका छन्। मुलपानी मैदानमा जारि […]

एनकासा इन्टर फर्म क्रिकेट : सुब्र , केबिएसआर, अनिश र एपीए विजयी

१२ औं संस्करणको एनकासा इन्टर फर्म क्रिकेट प्रतियोगिता अन्तर्गत दोश्रो दिन सम्पन्न चारवटा खेलहरु सम्पन्न भएका छन्। ललितपुर स्थित पुल्चोक […]

डीएभीलाई अन्तर-स्कुल टि-२० क्रिकेटको उपाधि

काठमाडौँ, डिएभि सुशील केडिया विश्व भारतीय स्कुलले १६ औं सीओएएस अन्तर-स्कुल रनिंग टि-२० क्रिकेट प्रतियोगिता २०८१ को उपाधि जितेको छ। […]

इन्टर-फर्म क्रिकेट : एसएचए र केएएसए युपीबि युथ्स विजयी

१२ औं संस्करणको एनकासा इन्टर फर्म टी २० क्रिकेट प्रतियोगिता आइतबार सुरु भएको छ। ललितपुर स्थित पुल्चोक इन्जिनियरिङ मैदानमा आइतबार […]

प्रधानमन्त्री कप भक्तपुर छनोट : जनप्रेमी र हिमालयन विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा जनप्रेमी स्पोर्टस् क्लब र हिमालयन स्पोर्ट्स म्यानेजमेन्ट विजयी भएका छन्। मुलपानी […]

प्रधानमन्त्री कप भक्तपुर छनोट : पासा र बिसीसी विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा पासा क्रिकेट एकेडेमी र बिसीसी विजयी भएका छन् । मुलपानी मैदानमा […]