दोस्रो दिन लुम्बिनी प्रदेश र मधेश प्रदेश विजयी

काठमाडौं । बलियो नेपाल न्युट्रिसन इनिसिएटिभको आयोजना तथा क्विन्स इभेन्ट मेनेजमेन्टको व्यवस्थापनमा जारी बलियो नेपाल यू-१५ क्रिकेट प्रतियोगिताको दोस्रो दिन लुम्बिनी प्रदेश र मधेश प्रदेश विजयी भएका छन्।

मुलपानी मैदानमा जारी प्रतियोगिताको दोस्रो दिनको पहिलो खेलमा लुम्बिनी प्रदेशले बलियो गण्डकी प्रदेशलाई ३५ रनले पराजित गर्यो। टस हारेर ब्याटिंगको निम्तो पाएको लुम्बिनी प्रदेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३० रन जोडेको थियो। उसका लागि रौनक श्रीवास्तवले सर्वाधिक ५३ तथा सन्दिप गौतमले २९ रनको योगदान गरे।  गण्डकीका सुर्य बिकले ३ विकेट हात पारे। जवाफमा १३१ रनको लक्ष्य लिएर मैदान उत्रिएको गण्डकी प्रदेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९५ रन मात्र जोड्न सक्यो। गण्डकीका कप्तान सिब्रिन श्रेष्ठले ३२ रन जोडेपनि टोलीलाई जित दिलाउन सकेनन्।लुम्बिनीको बलिङ्ग तर्फ खेलको प्लेयर अफ दि म्याच चुनिएका कारण घर्ति मगरले केवल १३ रन खर्चिएर ५ विकेट हात पारे।

यस्तै दिनको दोस्रो खेलम मधेश प्रदेशले  बागमती प्रदेश माथि ८ विकेटको सहज जित दर्ता गर्यो । टस जितेर ब्याटिङ्ग रोजेको बागमती प्रदेशले १६.३ ओभरमा सबै विकेट गुमाउनु अघि ५० रन मात्र बनाउन सक्यो। उसका लागि श्रेयान्शु कोइराला र रोमन बिस्टले समान १०-१० रन बनाउन बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन्। बागमती प्रदेशलाई सस्तैमा समेट्न बलियो मधेश प्रदेशका अजय यादव र अफारुद्दीन रेनले समान ३-३ विकेट हात पारे।

जवाफमा ५१ रनको सामान्य लक्ष्य मधेश प्रदेशले ७.४ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो। उसका रंजन यादवले अविजित ३० रन तथा राहुल महतोले १४ रनको योगदान गरे। खेलको प्लेयर अफ दि म्याच मधेश प्रदेशका अफारुद्दीन रेन घोषित भए।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]