दोस्रो दिन लुम्बिनी प्रदेश र मधेश प्रदेश विजयी

काठमाडौं । बलियो नेपाल न्युट्रिसन इनिसिएटिभको आयोजना तथा क्विन्स इभेन्ट मेनेजमेन्टको व्यवस्थापनमा जारी बलियो नेपाल यू-१५ क्रिकेट प्रतियोगिताको दोस्रो दिन लुम्बिनी प्रदेश र मधेश प्रदेश विजयी भएका छन्।

मुलपानी मैदानमा जारी प्रतियोगिताको दोस्रो दिनको पहिलो खेलमा लुम्बिनी प्रदेशले बलियो गण्डकी प्रदेशलाई ३५ रनले पराजित गर्यो। टस हारेर ब्याटिंगको निम्तो पाएको लुम्बिनी प्रदेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३० रन जोडेको थियो। उसका लागि रौनक श्रीवास्तवले सर्वाधिक ५३ तथा सन्दिप गौतमले २९ रनको योगदान गरे।  गण्डकीका सुर्य बिकले ३ विकेट हात पारे। जवाफमा १३१ रनको लक्ष्य लिएर मैदान उत्रिएको गण्डकी प्रदेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९५ रन मात्र जोड्न सक्यो। गण्डकीका कप्तान सिब्रिन श्रेष्ठले ३२ रन जोडेपनि टोलीलाई जित दिलाउन सकेनन्।लुम्बिनीको बलिङ्ग तर्फ खेलको प्लेयर अफ दि म्याच चुनिएका कारण घर्ति मगरले केवल १३ रन खर्चिएर ५ विकेट हात पारे।

यस्तै दिनको दोस्रो खेलम मधेश प्रदेशले  बागमती प्रदेश माथि ८ विकेटको सहज जित दर्ता गर्यो । टस जितेर ब्याटिङ्ग रोजेको बागमती प्रदेशले १६.३ ओभरमा सबै विकेट गुमाउनु अघि ५० रन मात्र बनाउन सक्यो। उसका लागि श्रेयान्शु कोइराला र रोमन बिस्टले समान १०-१० रन बनाउन बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन्। बागमती प्रदेशलाई सस्तैमा समेट्न बलियो मधेश प्रदेशका अजय यादव र अफारुद्दीन रेनले समान ३-३ विकेट हात पारे।

जवाफमा ५१ रनको सामान्य लक्ष्य मधेश प्रदेशले ७.४ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो। उसका रंजन यादवले अविजित ३० रन तथा राहुल महतोले १४ रनको योगदान गरे। खेलको प्लेयर अफ दि म्याच मधेश प्रदेशका अफारुद्दीन रेन घोषित भए।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy