रोहित चम्किंदा दोश्रो अभ्यास खेलमा नेपालको जित

नेपाली राष्ट्रिय क्रिकेट टिमको क्यानडा भ्रमण अन्तर्गत खेलिएको दोश्रो अभ्यास खेलमा नेपालले एमएलसीसी-११ ओन्टारियोलाई पराजित गरेको छ।

नेपालले दिएको २१० रनको लक्ष पछ्याएको एमएलसीसीले १९.३ ओभरमा १५४ रन मात्र बनायो। एमएलसीसीको लागि बरुण सहदेवले ५० तथा नरेश बुढायरले ४१ रन योगदान दिए। नेपालको बलिंगमा सोमपाल कामिले २ तथा करन केसी, किशोर महतो, आदील आलमले समान १/१ विकेट लिए।

स्कोरकार्ड 

भ्रमण अन्तर्गत यस अघि खेलिएको एकदिवसीय खेलमा नेपालले एमएलसीसी-११ लाई ६९ रनले पराजित गरेको थियो।

यस अघि टस जितेर ब्याटिंग गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट क्षतिमा २०९ रन बनायो।

नेपालको लागि पाँचौ नम्बरमा ब्याटिंग गरेका रोहित पौडेलले सर्वाधिक अविजित ७१ रन बनाए जुन क्रममा ३१ बलमा ५ चौका र ५ छक्का प्रहार गरे। दिपेन्द्र ऐरीले पनि अर्धशतक बनाउने क्रममा २७ बलमा ६ चौका र २ छक्का मद्दतले ५४ रन बनाए। ओपनर पवन सर्राफले ३७, देव खनालले २० तथा आदील आलमले अविजित १० रन बनाए।

क्यानडा भ्रमण अन्तर्गत नेपालले अब क्यानडासंग दुई वटा एकदिवसीय खेल्नेछ। पहिलो एकदिवसीय जुलाई 5 तथा दोश्रो एकदिवसीय जुलाई ६ तारिखमा खेलिनेछ।

क्यानडामा सिरिज खेलेर नेपाली टोली उतैबाट नेपाल, स्कटल्यान्ड र नामिबिया सम्मिलित आईसीसी विश्वकप लिग–२ त्रिदेशीय सिरिज खेल्न स्कटल्यान्ड जानेछ । स्कटल्यान्डमा नेपालले पहिलो खेल नामिबियाविरुद्ध जुलाई ११, दोस्रो खेल स्कटल्यान्डविरुद्ध जुलाई १३, तेस्रो खेल नामिबियाविरुद्ध जुलाई १६ र अन्तिम खेल स्कटल्यान्डविरुद्ध जुलाई १७ मा खेल्नेछ ।

लिग–२ नेपाली टोली

सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल (उपकप्तान), कुशल भुर्तेल, आरिफ शेख, देव खनाल, दीपेन्द्रसिंह ऐरी, करण केसी, सोमपाल कामी, आदिल अन्सारी, वासिर अहमद, किशोर महतो, पवन सर्राफ र विनोद भण्डारी ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]