विशाल बिष्टको उत्कृष्ट पारी, एडुपलको सिरिज जित

२८ असार,धनगढी।

एडुपल नेपालको आयोजनामा यही २६ गतेदेखि धनगढीको फाप्ला क्रीकेट मैदानमा सुरु भएको प्रथम एडुपल नेपाल-चटकपुर स्पोर्टस क्लव नेपालबीचको ३ टी-२० खेलको सिरिजको दोश्रो टी-२० खेलमा विशाल बिष्टले उत्कृष्ट अर्धशतक प्रहार गरेपछि एडुपल नेपालले चटकपुर स्पोर्टस क्लव नेपाललाई ३९ रनले पराजित गर्न सफल हुँदै ३ टी-२० खेलको सिरिज १ खेल अगावै २-० ले आफ्नो पक्षमा पार्न पनि सफल भएको छ।

आज बिहान भएको दोश्रो टी-२० खेलमा एडुपल नेपालले टस जित्दै पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो।फलस्वरूप, एडुपल नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षति १८३ रनको उच्च योगफल खडा गर्न सफल भयो।ब्याटिङतर्फ एडुपल नेपालका लागि विशाल बिष्टले ५४ बलमा सर्वाधिक ८६ रनको अर्धशतकिय पारी खेल्न सफल हुँदा संगित सिंह २३ बलमा २३ रन तथा रवि बुढाले १३ बलमा १२ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो स्कोर छुन सकेनन्।बलिङतर्फ चटकपुर स्पोर्टस क्लव नेपालका लागि पारस रोकायाले ४ ओभरमा १६ रन खर्चंदै सर्वाधिक ३ विकेट लिन सफल हुँदा आयुश खड्काले २ ओभरमा २३ रन खर्चंदै महत्त्वपूर्ण २ विकेट लिन सफल भए।

१८४ रनको विशाल विजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको चटकपुर स्पोर्टस क्लव नेपालले निर्धारित २० ओभरको खेलमा १८.५ ओभर खेल्दै सम्पुर्ण विकेटको क्षती १४४ रन बनाउनसक्दा टोलि ३९ रनले पराजित हुनपुग्दै सिरिज पनि २-० ले गुमाउन पुगेको कप्तान सन्दिप औजि बताउछन।ब्याटिङतर्फ चटकपुर स्पोर्टस क्लव नेपालका लागि किरन कार्कीले ३९ बलमा सर्वाधिक ४६ रन बनाउन सक्दा विरेन्द्र चन्द १७ बलमा १९ रन,पारस रोकाया १५ बलमा अविजित १५ रन तथा सुदिप खड्काले २० बलमा १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो स्कोर गर्न नसक्दा टोलिले पराजय बेहोर्नुपरेको टोलिका उपकप्तान पारस उपाध्याय बताउछन।बलिङतर्फ एडुपल नेपालका लागि रोज शर्माले ४ ओभरमा १४ रन खर्चँदा कप्तान भुपेश जोशीले पनि ३.५ ओभरमा ३३ रन खर्चंदै समान ३/३ विकेट लिन सफल हुँदा उपकप्तान सुनिल कार्कीले ३ ओभरमा १ मेडेनसहित मात्र ०९ रन खर्चंदै महत्त्वपूर्ण २ विकेट लिन सफल हुँदै आफ्नो टोलिलाइ जित दिलाउन सफल भएका हुन।

३ टी-२० खेलको सिरिजको दोश्रो टी-२० खेलमा एडुपल नेपालले चटकपुर स्पोर्टस क्लव नेपाललाई ३९ रन पराजित गर्न सफल हुँदै ३ टी-२० खेलको सिरिज एक खेल अगावै २-० ले आफ्नो पक्षमा पनि पार्न सफल भएको छ।दोश्रो टी-२० खेलमा उत्कृष्ट अर्धशतक प्रहार गर्ने खेलाडी विशाल बिष्ट म्यान अफ दी म्याच घोषित हुन सफल भए।

एडुपल नेपाल र चटकपुर स्पोर्टस क्लव नेपाल बीचको ३ टी-२० खेलको सिरिजको अन्तिम टी-२० खेल भोलि बिहान ०९:३० बजे धनगढीको फाप्ला क्रीकेट मैदानमा सुरु हुने सिरिज संयोजक टेकराज पन्त ज्यूले बताउनुभयो।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]