एसिया कप : पाकिस्तानद्वारा भारतलाई १४८ रनको लक्ष्य

२०७९ भाद्र १२, आईतवार २१:४७

युएईमा जारि एसिया कप २०२२ को दोश्रो खेलमा चिर प्रतिद्वन्द्वी भारत र पाकिस्तान प्रतिस्पर्धा गरिरहेका छन्।

समुह ‘ए’ अन्तर्गत खेलमा टस हारेर ब्याटिंग गरेको पाकिस्तानले १९.५ ओभरमा सबै विकेट गुमाएर १४७ रन बनाउदै भारतलाई १४८ रनको लक्ष्य दिएको छ।

पाकिस्तानको लागि ओपनर मोहम्मद रिजवानले सर्वाधिक ४३ रन योगदान दिए जुन क्रममा ४२ बलमा ४ चौका र १ छक्का प्रहार गरे। इफ्तिखार एहमदले २८, शाहनावज दहानीले १६ तथा हरिस रौफले अविजित १३ रन बनाए।

स्कोरकार्ड हेर्नुस 

भारतको बलिंगमा दायाँ हाते पेसर भुवनेश्वर कुमारले ४ विकेट लिए जुन क्रममा ४ ओभरमा २६ रन खर्चिए। अर्का पेसर हार्दिक पान्ड्याले ३ विकेट लिए। अर्शदिप सिंहले २ विकेट  तथा आभेस खानले १ विकेट लिए।

प्रतियोगिताको पहिलो खेलमा हिजो अफगानिस्तानले श्रीलंकालाई पराजित गरेको थियो। 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy