एसिया कप : पाकिस्तानद्वारा भारतलाई १४८ रनको लक्ष्य

युएईमा जारि एसिया कप २०२२ को दोश्रो खेलमा चिर प्रतिद्वन्द्वी भारत र पाकिस्तान प्रतिस्पर्धा गरिरहेका छन्।

समुह ‘ए’ अन्तर्गत खेलमा टस हारेर ब्याटिंग गरेको पाकिस्तानले १९.५ ओभरमा सबै विकेट गुमाएर १४७ रन बनाउदै भारतलाई १४८ रनको लक्ष्य दिएको छ।

पाकिस्तानको लागि ओपनर मोहम्मद रिजवानले सर्वाधिक ४३ रन योगदान दिए जुन क्रममा ४२ बलमा ४ चौका र १ छक्का प्रहार गरे। इफ्तिखार एहमदले २८, शाहनावज दहानीले १६ तथा हरिस रौफले अविजित १३ रन बनाए।

स्कोरकार्ड हेर्नुस 

भारतको बलिंगमा दायाँ हाते पेसर भुवनेश्वर कुमारले ४ विकेट लिए जुन क्रममा ४ ओभरमा २६ रन खर्चिए। अर्का पेसर हार्दिक पान्ड्याले ३ विकेट लिए। अर्शदिप सिंहले २ विकेट  तथा आभेस खानले १ विकेट लिए।

प्रतियोगिताको पहिलो खेलमा हिजो अफगानिस्तानले श्रीलंकालाई पराजित गरेको थियो। 





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]