केन्या बिरुद्ध नेपालको सिरिज जित

पाँचौ तथा निर्णायक खेलमा केन्यालाई ३१ रनले पराजित गर्दै नेपालले घरेलु टोलि केन्या बिरुद्ध ५ खेलको टि-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज ३-२ ले जितेको छ। सिरिज अन्तर्गत यस अघि पहिलो र तेस्रो खेल नेपालले तथा दोश्रो र चौंथो खेल केन्याले जितेको थियो।

हेर्नुस स्कोरकार्ड 

नैरोबी स्थित जिमखाना मैदानमा नेपालले दिएको १७६ रनको लक्ष पछ्याएको केन्याले २० ओभर ब्याटिंग गरेता पनि ७ विकेट गुमाएर १४४ रन मात्र बनायो। केन्याको लागि नेहिमिया ओढीयाम्बोले सर्वाधिक ३७ रन बनाए। सेम नोचेले अविजित ३३, इरफान करिमले २८, कोलिन्स ओबुयाले २३ रन बनाए।

नेपालको बलिंगमा सन्दिप लामिछाने र बसिर एहमदले २/२ विकेट तथा करन केसी र आदील आलमले १/१ विकेट लिए।

टस जितेर ब्याटिंग रोजेको नेपालले २० ओभरमा ७ विकेट क्षतिमा १७५ रन बनायो। नेपालको लागि ज्ञानेन्द्र मल्लले ३ वर्ष पछि टि-ट्वान्टी अर्धशतक बनाउने क्रममा ४४ बलमा ५९ रन बनाए। रोहित पौडेलले २५ बलमा ४७, अर्जुन साउदले २१ बलमा २९ तथा दिपेन्द्र ऐरीले १८ बलमा २२ रन बनाए। केन्या बलर नेमिया ओढीयाम्बो, शेम एनगोछे र भ्रज पटेलले २/२ विकेट लिए।

हेर्नुस स्कोरकार्ड 

दुई देश बीच अब तिन खेलको एकदिवसीय सिरिज खेलिनेछ। सेप्टेम्बर २, ३ र ५ तारिखमा खेलहरु हुनेछन्।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]