केन्या बिरुद्ध नेपालको सिरिज जित

पाँचौ तथा निर्णायक खेलमा केन्यालाई ३१ रनले पराजित गर्दै नेपालले घरेलु टोलि केन्या बिरुद्ध ५ खेलको टि-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज ३-२ ले जितेको छ। सिरिज अन्तर्गत यस अघि पहिलो र तेस्रो खेल नेपालले तथा दोश्रो र चौंथो खेल केन्याले जितेको थियो।

हेर्नुस स्कोरकार्ड 

नैरोबी स्थित जिमखाना मैदानमा नेपालले दिएको १७६ रनको लक्ष पछ्याएको केन्याले २० ओभर ब्याटिंग गरेता पनि ७ विकेट गुमाएर १४४ रन मात्र बनायो। केन्याको लागि नेहिमिया ओढीयाम्बोले सर्वाधिक ३७ रन बनाए। सेम नोचेले अविजित ३३, इरफान करिमले २८, कोलिन्स ओबुयाले २३ रन बनाए।

नेपालको बलिंगमा सन्दिप लामिछाने र बसिर एहमदले २/२ विकेट तथा करन केसी र आदील आलमले १/१ विकेट लिए।

टस जितेर ब्याटिंग रोजेको नेपालले २० ओभरमा ७ विकेट क्षतिमा १७५ रन बनायो। नेपालको लागि ज्ञानेन्द्र मल्लले ३ वर्ष पछि टि-ट्वान्टी अर्धशतक बनाउने क्रममा ४४ बलमा ५९ रन बनाए। रोहित पौडेलले २५ बलमा ४७, अर्जुन साउदले २१ बलमा २९ तथा दिपेन्द्र ऐरीले १८ बलमा २२ रन बनाए। केन्या बलर नेमिया ओढीयाम्बो, शेम एनगोछे र भ्रज पटेलले २/२ विकेट लिए।

हेर्नुस स्कोरकार्ड 

दुई देश बीच अब तिन खेलको एकदिवसीय सिरिज खेलिनेछ। सेप्टेम्बर २, ३ र ५ तारिखमा खेलहरु हुनेछन्।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy