नेपाल टि-२० को ड्राफ्ट सुरु, यी हुन् ६ टिमको मार्की प्लेयर

Rohit Paudel

हिलो पटक आयोजना हुन लागेको नेपाल टी-२० लिगको ड्राफ्ट शनिवार सुरु भएको छ। ड्राफ्ट मार्फत सबै टिमले मार्की प्लेअर समेत टिममा अनुबन्ध गरेका छन्।

आसिफ शेख पोखरा एभेन्जर्स, दीपेन्द्र सिंह ऐरी लुम्बिनी अल स्टार, ज्ञानेन्द मल्ल कान्तिपुर क्यापिटल, करण केसी फार वेस्टर्स युनाइटेड, रोहित कुमार पौडेल विराटनगर सुपर किंग्स र सोमपाल कामी जनकपुर रोयल्समा अनुबन्धित भएका छन् । सबै खेलाडीले १५ लाख रुपैयाँ पाउनेछन् । मार्की प्लेयर घोषित सबै खेलाडी क्याटेगोरी ‘ए’ का हुन् ।

पोखराले ड्राफ्ट(खेलाडी अनुबन्धन प्रक्रिया) बाट क्याटेगोरी ‘ए’ का अर्का खेलाडी शरद भेषावकरलाई पनि अनुबन्ध गरेको छ जसले पनि १५ लाख रुपैयाँ पाउनेछन्।

क्याटेगोरी ‘ए’ मा भएकामध्ये आरिफ शेख, कुशल भुर्तेल, विनोद भण्डारी, अविनाश बोहरा र सुवास खकुरेल भने ‘बी’ क्याटेगोरीमा झरेका छन्। आइतबार दोश्रो दिन हुने ड्राफ्टमा उनीहरुलाई पुनः टिमले लिन पाउनेछन्।

टी-२० लिगको ड्राफ्टमा ९२ जना थिए । त्यसमध्ये पहिलो दिन टिमहरुले ७ खेलाडी लिए । अब बाँकी ड्राफ्ट दोस्रो दिन आइतबार हुने नेपाल क्रिकेट संघ ( क्यान ) ले जनाएको छ। दोश्रो दिन विदेशी खेलाडीहरु समेत टिमहरुले चयन गर्नेछन्।

ड्राफ्टमा मिडियाहरुलाई प्रवेश दिईएको छैन भने क्यानले ड्राफ्ट मितिको अधिकारिक मिति समेत घोषणा गरेको थिएन।

नेपाल टि-ट्वान्टी लिग सेप्टेम्बर २४ तारिख देखि अक्टोबर २२ तारिखसम्म काठमाडौँमा संचालन हुनेछ। लिगको आयोजनाको जिम्मेवारी भारतीय कम्पनि सेभेनथ्री स्पोर्ट्सले पाएको छ।





थप समाचार

कर्पोरेट सुपर सिक्सेस सिजन–७ को क्वार्टरफाइनल समीकरण तय

काठमाडौं, वैशाख २४– माछापुच्छ्रे बैंक र एनसेल लिजेन्ड्स जारी कर्पोरेट सुपर सिक्सेस सिजन–७ मा समूहचरणको खेलमा अपराजित रहँदै क्वार्टरफाइनलमा पुगेका […]

पञ्जाबमाथि चेन्नईको सहज जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ५३ औं खेलमा चेन्नई सुपर किंग्सले पञ्जाब किंग्समाथि सहज जित […]

सातौँ सिजनको नेकोस कर्पोरेट सुपर सिक्सेज सुरु : एनआईसी एसियाको दोहोरो जित

काठमाडौँ, वैशाख २३- सातौँ संस्करणको नेकोस कर्पोरेट सुपर सिक्सेज २०२४ काठमाडौँको मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको छ। प्रतियोगिता अन्तर्गत […]

यस्तो छ विश्वकपका लागि नेपाली टोली

काठमाडौं । दश वर्ष पछि नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने विश्वकपमा स्थान पक्का गरेको […]

अनिल र आशिफको अर्धशतकमा नेपाल विजयी

काठमाडौं । ओपनर आशिफ शेख तथा अनिल शाहको अर्धशतकको सहयोगमा नेपालले वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ […]

अन्तिम खेल जित्न नेपाललाई १७३ रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ तथा अन्तिम खेल जित्न नेपालले १ सय ७३ रनको […]