नेपाल टि-२० को ड्राफ्ट सुरु, यी हुन् ६ टिमको मार्की प्लेयर

२०७९ भाद्र २५, शनिबार १९:२८

Rohit Paudel

हिलो पटक आयोजना हुन लागेको नेपाल टी-२० लिगको ड्राफ्ट शनिवार सुरु भएको छ। ड्राफ्ट मार्फत सबै टिमले मार्की प्लेअर समेत टिममा अनुबन्ध गरेका छन्।

आसिफ शेख पोखरा एभेन्जर्स, दीपेन्द्र सिंह ऐरी लुम्बिनी अल स्टार, ज्ञानेन्द मल्ल कान्तिपुर क्यापिटल, करण केसी फार वेस्टर्स युनाइटेड, रोहित कुमार पौडेल विराटनगर सुपर किंग्स र सोमपाल कामी जनकपुर रोयल्समा अनुबन्धित भएका छन् । सबै खेलाडीले १५ लाख रुपैयाँ पाउनेछन् । मार्की प्लेयर घोषित सबै खेलाडी क्याटेगोरी ‘ए’ का हुन् ।

पोखराले ड्राफ्ट(खेलाडी अनुबन्धन प्रक्रिया) बाट क्याटेगोरी ‘ए’ का अर्का खेलाडी शरद भेषावकरलाई पनि अनुबन्ध गरेको छ जसले पनि १५ लाख रुपैयाँ पाउनेछन्।

क्याटेगोरी ‘ए’ मा भएकामध्ये आरिफ शेख, कुशल भुर्तेल, विनोद भण्डारी, अविनाश बोहरा र सुवास खकुरेल भने ‘बी’ क्याटेगोरीमा झरेका छन्। आइतबार दोश्रो दिन हुने ड्राफ्टमा उनीहरुलाई पुनः टिमले लिन पाउनेछन्।

टी-२० लिगको ड्राफ्टमा ९२ जना थिए । त्यसमध्ये पहिलो दिन टिमहरुले ७ खेलाडी लिए । अब बाँकी ड्राफ्ट दोस्रो दिन आइतबार हुने नेपाल क्रिकेट संघ ( क्यान ) ले जनाएको छ। दोश्रो दिन विदेशी खेलाडीहरु समेत टिमहरुले चयन गर्नेछन्।

ड्राफ्टमा मिडियाहरुलाई प्रवेश दिईएको छैन भने क्यानले ड्राफ्ट मितिको अधिकारिक मिति समेत घोषणा गरेको थिएन।

नेपाल टि-ट्वान्टी लिग सेप्टेम्बर २४ तारिख देखि अक्टोबर २२ तारिखसम्म काठमाडौँमा संचालन हुनेछ। लिगको आयोजनाको जिम्मेवारी भारतीय कम्पनि सेभेनथ्री स्पोर्ट्सले पाएको छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy