नवौं राष्ट्रिय : पुलिस र लुम्बिनी प्रदेश सेमीफाइनलमा

विभागीय टोलि नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेश नवौं राष्ट्रिय खेलकुद महिला क्रिकेटको समुह ‘बि ‘ बाट सेमीफाइनल पुगेका छन्।

पोखरा क्रिकेट मैदानमा शुक्रबार सम्पन्न दुईवटा खेलमा पुलिसले लुम्बिनी प्रदेशलाई ९७ रनले पराजित गर्दै समुह विजेताको रुपमा दोश्रो चरण प्रवेश गर्यो। पहिलो पटक महिला क्रिकेट प्रतियोगितामा सहभागी पुलिसले दिएको ११३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १२.५ ओभर ब्याटिंग गर्दै १५ रन बनाउदा सम्पूर्ण विकेट गुमायो।

लुम्बिनीलाई सानो योगफलमा समेट्न पुलिस बलर इश्वरी बिस्टले ४ विकेट, हिरान्मयी रोय र रुबिना क्षेत्रीले २/२ विकेट तथा सबनम राईले १ विकेट हात पारिन्। लुम्बिनीको लागि कप्तान सरस्वति जीएमले सर्वाधिक ६ रन योगदान दिंदा  उसका ७ ब्याटरले खाता समेत खोल्न सकेनन्।

पुलिसको ब्याटिंगतर्फ प्लेयर अफ द म्याच कविता जोशीले ४८ रन योगदान दिईन्भने सम्झना खड्काले २९ रन बनाईन्। लुम्बिनीको बलिंगमा सुष्मिता भुसाल र मनिषा रानाले २/२ विकेट लिए।

यस्तै दिनको दोश्रो खेलमा प्रदेश-१ ले कर्णाली प्रदेशलाई ७ विकेटले पराजित गरेता पनि सेमीफाइनलमा स्थान बनाउन चुक्यो। कर्णालीले दिएको ५४ रनको लक्ष्य प्रदेश-१ ल ६.४ ओभरमा ३ विकेट गुमाएर भेटायो।

तिन खेल खेल्दा १ जित, १ हार र १ नतिजाविहिन खेल पछि ३ अंक बटुलेको प्रदेश-१ नेट रन रेटमा लुम्बिनीसंग पछि पर्यो। लुम्बिनीको पनि समान ३ अंक भएता पनि नेट रन रेट ०.१७५ रह्यो भने प्रदेश-१ को -१.७५ नेट रन रेट रह्यो।

प्रदेश-१ को जितमा प्लेयर अफ द म्याच लकिता राजबंशीले ४ विकेट हात पारिन्। अलिशा खडीयाले ३ विकेट लिईन्। कर्णालीको ब्याटिंगमा यमनु थारुले २१ तथा बिना थापाले ११ रन योगदान दिईन्। प्रदेश-१ को ब्याटिंगमा निशा शाहले १८ तथा लकिता राजवंशले अविजित १४ रन योगदान दिए।

प्रतियोगिता अन्तर्गत समुह ‘ए’ बाट सेमीफाइनल पुग्ने दुई टिमको टुंगो लागेको छैन। एपीएफ र मदेश प्रदेश समान ४ अंक सहित पहिलो र दोश्रो स्थानमा छन्।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]