एपीएफ सेमीफाइनलमा

विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) पोखरामा जारि नवौं राष्ट्रिय खेलकुद महिला क्रिकेटको सेमीफाइनल पुगेको छ।

शनिवार पोखरा क्रिकेट मैदानमा सम्पन्न खेलमा एपीएफले मधेश प्रदेशलाई २७ रनले पराजित गर्यो जुन क्रममा एपीएफले दिएको १०२ रनको लक्ष्य पछ्याएको मधेश प्रदेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७४ रन मात्र बनायो। एपीएफ बलर नेरी थापाले ४ ओभरमा १ मेडन ओभर गर्दै ६ रन खर्चेर ३ विकेट हात पार्दै जितमा अहम योगदान दिईन्। मदेश प्रदेशको ब्याटिंगमा सरस्वति चौधरी र कविता गौतमले समान १३ रन बनाए।

टस जितेर ब्याटिंग गरेको एपीएफले २० ओभरमा ७ विकेट गुमाएर १०१ रन बनाएको थियो जसको लागि ममता चौधरीले सर्वाधिक १७ रन योगदान दिंदा राजमती ऐरीले १६, ज्योति पाण्डेले १५ तथा नेरी थापाले १२ रन योगदान दिए। मधेश प्रदेशकि बलर सरस्वारी चौधरीले ३ विकेट तथा कविता गौतम र शान्ति चौधरीले २/२ विकेट लिए।

शनिवारनै सम्पन्न दोश्रो खेलमा बागमती प्रदेशले गण्डकी प्रदेशलाई ३० रनले पराजित गर्यो। बागमतीले दिएको ८९ रनको लक्ष्य पछ्याएको गण्डकीले ५८ रनमै सबै विकेट गुमायो। बागमतीका बलर अश्मिना कर्माचार्य र बिपिशा शाहीले २/२ विकेट तथा सोनी पाख्रिन, क्रीस्मा गुरुङ , आरति बिडारि र संस्कृति फुयालले १/१ विकेट लिए।

एपीएफको एक खेल खेल्न बाँकी रहंदा ३ खेलमा सबै जित पछि ६ अंक छ। बागमती र मधेश प्रदेशले समान ३ खेल खेल्दा २ जित र १ हार पछि समान ४ अंक छ। आइतबार हुने बागमती र मधेश प्रदेश बीचको खेलले समुह ‘ए’ बाट सेमीफाइनल पुग्ने दोश्रो टिम टुंगो लाग्नेछ। यस अघिनै समुह ‘ए’ बाट नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेश विजेता र उपविजेताको रुपमा सेमीफाइनल प्रवेश गरिसकेका छन्।

 





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]