विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) पोखरामा जारि नवौं राष्ट्रिय खेलकुद महिला क्रिकेटको सेमीफाइनल पुगेको छ।
शनिवार पोखरा क्रिकेट मैदानमा सम्पन्न खेलमा एपीएफले मधेश प्रदेशलाई २७ रनले पराजित गर्यो जुन क्रममा एपीएफले दिएको १०२ रनको लक्ष्य पछ्याएको मधेश प्रदेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७४ रन मात्र बनायो। एपीएफ बलर नेरी थापाले ४ ओभरमा १ मेडन ओभर गर्दै ६ रन खर्चेर ३ विकेट हात पार्दै जितमा अहम योगदान दिईन्। मदेश प्रदेशको ब्याटिंगमा सरस्वति चौधरी र कविता गौतमले समान १३ रन बनाए।
टस जितेर ब्याटिंग गरेको एपीएफले २० ओभरमा ७ विकेट गुमाएर १०१ रन बनाएको थियो जसको लागि ममता चौधरीले सर्वाधिक १७ रन योगदान दिंदा राजमती ऐरीले १६, ज्योति पाण्डेले १५ तथा नेरी थापाले १२ रन योगदान दिए। मधेश प्रदेशकि बलर सरस्वारी चौधरीले ३ विकेट तथा कविता गौतम र शान्ति चौधरीले २/२ विकेट लिए।
शनिवारनै सम्पन्न दोश्रो खेलमा बागमती प्रदेशले गण्डकी प्रदेशलाई ३० रनले पराजित गर्यो। बागमतीले दिएको ८९ रनको लक्ष्य पछ्याएको गण्डकीले ५८ रनमै सबै विकेट गुमायो। बागमतीका बलर अश्मिना कर्माचार्य र बिपिशा शाहीले २/२ विकेट तथा सोनी पाख्रिन, क्रीस्मा गुरुङ , आरति बिडारि र संस्कृति फुयालले १/१ विकेट लिए।
एपीएफको एक खेल खेल्न बाँकी रहंदा ३ खेलमा सबै जित पछि ६ अंक छ। बागमती र मधेश प्रदेशले समान ३ खेल खेल्दा २ जित र १ हार पछि समान ४ अंक छ। आइतबार हुने बागमती र मधेश प्रदेश बीचको खेलले समुह ‘ए’ बाट सेमीफाइनल पुग्ने दोश्रो टिम टुंगो लाग्नेछ। यस अघिनै समुह ‘ए’ बाट नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेश विजेता र उपविजेताको रुपमा सेमीफाइनल प्रवेश गरिसकेका छन्।