नवौं राष्ट्रिय महिला क्रिकेटको सेमीफाइनल समीकरण पुरा

पोखरामा जारि नवौं राष्ट्रिय क्रिकेट अन्तर्गत महिला क्रिकेटको सेमीफाइनल समीकरण पुरा भएको छ।

समुह ‘ए’ बाट विजेता र उपविजेताको रुपमा एपीएफ र बागमती प्रदेश तथा समुह ‘बि’ बाट विजेता र उपविजेताको रुपमा नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेश सेमीफाइनल प्रवेश गरेका छन्।

पोखरा रंगशाला क्रिकेट मैदानमा सम्पन्न जित्नै पर्ने खेलमा बागमती प्रदेशले मधेश प्रदेशलाई ८ विकेटले पराजित गर्दै सेमीफाइनल स्थान पक्का गर्यो। सेमीफाइनलमा बागमतीले सोमबार नेपाल पुलिस क्लबसंग प्रतिस्पर्धा गर्नेछ।

मधेश प्रदेशले दिएको ५५ रनको लक्ष्य बागमतीले २ विकेट गुमाएर १३.२ ओभरमा भेटायो। सुमन खतिवडाले अविजित १७, अनिशा मजाकोटिले अविजित १६ तथा अश्मिता खरेलले १३ रन योगदान दिए। टस हारेर पहिले ब्याटिंग गरेको मधेश प्रदेश १८.२ ओभरमा ५४ रनमा समेटिएको थियो। उसका कुनै पनि ब्याटर ले दोहोरो अंकमा रन जोड्न नसक्दा अतिरिक्त मार्फत आएको १९ रन सर्वाधिक योगदान रह्यो। बागमती प्रदेशको बलिंगमा बिपिशा शाही, सोनी पाख्रिन र खुसि डंगोलले २/२ विकेट लिए।

दिनको अर्को खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले पराजित गर्यो जुन क्रममा सुदूरपश्चिमले दिएको ९३ रनको लक्ष्य १६ ओभरमा भेटायो। एपीएफको लागि प्लेयर अफ द म्याच इन्दु बर्माले सर्वाधिक ४५ रन बनाईन् भने ज्योति पाण्डे र रोमा थापाले समान ११ रन बनाए।

टस जितेर ब्याटिंग गरेको सुदूरपश्चिमले ऋतु कनौजियाको ३५, रुबी पोद्दारको २३ तथा स्नेहा महराको १८ रन मद्दतले २० ओभरमा ३ विकेट गुमाएर ९२ रन बनाएको थियो। एपीएफ बलर नेरी थापा, इन्दु बर्मा र सुष्मा श्रेष्ठले १/१ विकेट लिए।

समुह ‘ए’ को विजेता एपीएफले समुह चरणमा सबै ४ खेलमा जित दर्ता गर्यो भने बागमतीले ३ खेलमा जित र १ खेलमा हार बेहोर्यो। मधेश प्रदेशले २ जित र २ हार बेहोर्दा सुदूरपश्चिमले एक मात्र खेल जित्यो। गण्डकी प्रदेश एक खेल पनि जित्न असफल रह्यो। समुह ‘बि’ मा नेपाल पुलिस क्लबले सबै तिन खेल जित्दा लुम्बिनी प्रदेश र प्रदेश-१ ले १/१ खेल जितेता पनि नेट रन रेटमा लुम्बिनीले प्रदेश-१ लाई पछि पार्दै सेमीफाइनल पुग्यो। दुवै टिमको तिन अंक रहेता पनि लुम्बिनीको नेट रन रेट ०.१७५ रह्यो भने प्रदेश-१ को -१,७५० रह्यो। कर्णाली प्रदेश तिन वटै खेलमा पराजित भयो।

सोमबार हुने पहिलो सेमीफाइनलमा एपीएफले लुम्बिनी प्रदेशसंग बिहान ९:१५ बजे प्रतिस्पर्धा गर्नेछ भने दोश्रो सेमीफाइनलमा बागमती प्रदेश र नेपाल पुलिस क्लब १:१५ बजे प्रतिस्पर्धा गर्नेछन्।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]