टि-२० विश्वकप : वेस्टइन्डिज बिरुद्ध स्कटल्याण्डको ऐतिहासिक जित

अस्ट्रेलियामा जारि टि-ट्वान्टी विश्वकप अन्तर्गत लगातार दोश्रो दिन एसोसिएट रास्ट्रसंग टेस्ट राष्ट्र पराजित भएको छ।

सोमबार स्कटल्याण्डले दुईपटकको विश्वकप विजेता वेस्टइन्डिजलाई स्तब्ध पार्दै टि-२० विश्वकप २०२२ को पहिलो चरणमा शानदार सुरुवात गरेको हो। प्रतियोगिता अन्तर्गत हिजो नामिबियाले श्रीलंका बिरुद्ध ऐतिहासिक पहिलो अन्तर्राष्ट्रिय जित दर्ता गरेको थियो।

समुह ‘बि’ अन्तर्गतको खेलमा स्कटल्याण्डले ४२ रनको जित दर्ता गर्यो जुन क्रममा स्कटल्याण्डले दिएको १६१ रनको लक्ष्य पछ्याएको वेस्टइन्डिज १८.३ ओभरमा ११८ रनमै समेटिन पुग्यो।

वेस्टइन्डिज बिरुद्ध पहिलो पटक टि-ट्वान्टी अन्तर्राष्ट्रियमा प्रतिस्पर्धा गरेको स्कटल्याण्डले पहिलो खेलमै ऐतिहासिक नतिजा हात पारेको हो।

लक्ष्य पछ्याउने क्रममा ५३ रन बनाउदा १ विकेट गुमाएको वेस्टइन्डिजले त्यसपछि लगातार विकेट गुमायो। मध्यक्रमा जेसन होल्डरले एक किनार सम्हालेता पनि अर्को किनारमा लगातार विकेट गुम्यो। होल्डरले ३८ रन बनाए भने त्यसअघि कायल मेयर्सले २०, ब्रेण्डन किंगले १७ तथा इभिन लुइसले १४ रन बनाए।

स्कटल्याण्ड बलर मार्क वाटले ४ ओभरमा १२ रन मात्र खर्चेर ३ विकेट लिए। ब्राड व्हिल र माइकल लिस्कले २/२ विकेट तथा जोश डेभे र सफ्यान सरिफले १/१ विकेट लिए।

टस हारेर ब्याटिंग गरेको स्कटल्याण्डले २० ओभरमा ५ विकेट गुमाएर १६० रन बनायो। उसको लागि ओपनर जर्ज मुनसेले अविजित रहँदै ६६ रन बनाए जुन क्रममा ५३ बलमा ९ चौका प्रहार गरे। माइकल जोन्सले २०, रिची बेरिंगटन र क्रिस ग्रिभ्सले समान १६ रन बनाए। मुनसे र ग्रिभ्सले छैठौं विकेटको लागि महत्वपूर्ण ३५ रनको साझेदारी गरे।

वेस्टइन्डिज बलर अल्जारी जोसेफ र जेसन होल्डरले २/२ विकेट लिए।

विश्वकपको पहिलो चरणमा ८ टिमलाई दुई वटा समुहमा बिभाजन गरिएको छ। समुह ‘ए’ मा नेदरल्याण्ड, युएई, नामिबिया र श्रीलंका छन् भने समुह ‘बि’ मा वेस्टइन्डिज, जिम्बाब्वे, आयरल्याण्ड र स्कटल्याण्ड छन्। समुह चरणमा सबै टिमले एक-अर्का बिरुद्ध १/१ खेल खेलेपछि दुवै समूहको उत्कृस्ट दुई टिम सुपर -१२ चरण प्रवेश गर्नेछन्।





थप समाचार

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]

NPL : जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु

नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने जनकपुर बोल्ट्स टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दशानायके नियुक्त भएका छन् । जनकपुर बोल्ट्सले पुबुदुलाई मुख्य […]