टि-२० विश्वकप : जिम्बाब्वेको जितमा सिकन्दर उत्कृस्ट

आयरल्याण्डलाई ३१ रनले पराजित गर्दै जिम्बाब्वेले अस्ट्रेलियामा जारि टि-ट्वान्टी विश्वकपको पहिलो चरणमा विजयी सुरुवात गरेको छ।

समुह ‘बि’ अन्तर्गतको होबर्टमा सम्पन्न खेलमा जिम्बाब्वेले ३१ रनको जित दर्ता गरेको हो जुन क्रममा १७५ रनको लक्ष्य पछ्याएको आयरल्याण्डले पुरै २० ओभर ब्याटिंग गरेता पनि ९ विकेट गुमाएर १४३ रन मात्र बनायो।

लक्ष्य पछ्याउने क्रममा पहिलो ४ विकेट २२ रनमै गुमाएको आयरल्याण्डलाई जिम्बाब्वेले निरन्तर दबाबमा राख्यो। मध्यक्रमका ब्याट्सम्यानहरु कर्टिस क्याम्फरले २७, जर्ज डकरेल र गेरेथ डेलानले २४/२४ रन तथा अन्तिममा ब्यारी म्याकर्थीले अविजित २२ रन बनाएता पनि जित्न पर्याप्त रहेन। क्याम्फर र डकरेल बीचको ४२ रनको साझेदारी सर्वाधिक रहयो।

जिम्बाब्वेको बलिंगमा ब्लेसिंग मुजराबानिले ३ विकेट लिंदा रिचार्ड नगरभा र टेन्डाई चतरले २/२ विकेट लिए। सिङ विलियम्स र सिकन्दर राजाले १/१ विकेट लिए।

टस हारेर ब्याटिंग गरेको जिम्बाब्वेले २० ओभरमा ७ विकेट क्षेतीमा १७४ रन बनायो। उसको लागि पाँचौ नम्बरमा ब्याटिंग गरेका सिकन्दर राजाले सर्वाधिक ८२ रन बनाए। ४८ बलमा राजाले ५ चौका र ५ छक्का प्रहार गरे। वेसले मधिभिरेले २२, लुक जोंग्वेले अविजित २० रन बनाए। ३७ रनमा ३ को अवस्थामा क्रिजमा आएका राजाले अन्तिम बलसम्म ब्याटिंग गरे। पाँचौ विकेटको लागि राजा र मिल्टन शुबाले ५८ रनको साझेदारी गरे।

आयरल्याण्ड बलर जोश लिटलले ३ विकेट लिंदा मार्क अडेर  र सिमि सिंहले २/२ विकेट लिए।

प्रतियोगिता अन्तर्गत आजको पहिलो खेलमा स्कटल्याण्डले वेस्टइन्डिज बिरुद्ध ऐतिहासिक जित दर्ता गरेको थियो।

विश्वकप अन्तर्गत तेश्रो दिन मंगलबार पनि दुई खेल हुनेछन्। पहिलो खेलमा बिहान ९:४५ बजे नामिबिया र नेदरल्याण्ड तथा दोश्रो खेलमा दिउँसो १:४५ बजे श्रीलंका र युएईले प्रतिस्पर्धा गर्नेछन्।

विश्वकपको पहिलो चरणमा ८ टिमलाई दुई वटा समुहमा बिभाजन गरिएको छ। समुह ‘ए’ मा नेदरल्याण्ड, युएई, नामिबिया र श्रीलंका छन् भने समुह ‘बि’ मा वेस्टइन्डिज, जिम्बाब्वे, आयरल्याण्ड र स्कटल्याण्ड छन्। समुह चरणमा सबै टिमले एक-अर्का बिरुद्ध १/१ खेल खेलेपछि दुवै समूहको उत्कृस्ट दुई टिम सुपर -१२ चरण प्रवेश गर्नेछन्।





थप समाचार

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]

NPL : जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु

नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने जनकपुर बोल्ट्स टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दशानायके नियुक्त भएका छन् । जनकपुर बोल्ट्सले पुबुदुलाई मुख्य […]