पुलिसलाई डेब्युमै स्वर्ण, नेरी प्रतियोगिताकै उत्कृस्ट

रोमान्चक फाइनलमा एपीएफलाई ५ रनले पराजित गर्दै विभागीय टोलि नेपाल पुलिस क्लबले पहिलो सहभागितामै नवौं राष्ट्रिय खेलकुद महिला क्रिकेटको स्वर्ण पदक जितेको छ। एपीएफले रजत तथा बागमती प्रदेशले कास्यपदक जित्यो।

पोखरा रंगशालामा सम्पन्न फाइनलमा नेपाल पुलिस क्लबले दिएको ९० रनको लक्ष्य पछ्याएको एपीएफले पुरै २० ओभर ब्याटिंग गरेता पनि ७ विकेट क्षेतीमा ८४ रन मात्र बनाउन सक्यो।

लक्ष्य पछ्याउने क्रममा एपीएफको सुरुवात खराब रह्यो। ३२ रन बनाउदा उसले सुरुवाती ४ विकेट गुमायो। छैठौं नम्बरमा आएकी रोमा थापाले एक किनार समाल्दै इनिंग्स सम्हालिन्। जितको लागि ८ बलमा १५ रन आवस्यक हुँदा रोमालाई अप्सरी बेगमले रन आउट पारिन्। अन्तिम ओभरमा जित्न १३ रन आवस्यक हुँदा सबनम राईले ७ रन मात्र खर्चिदै टिमको स्वर्णपदक पक्का गरिन्।

रोमाले २६ तथा राजमती ऐरीले अविजित १२ रन बनाउनु बाहेक अन्य एपीएफ ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। माथिल्लो क्रममा एपीएफ ब्याटर सिता राना मगरले ३० बलमा मात्र ७ रन तथा ममता चौधरीले २१ बलमा मात्र ९ रन बनाउनु हारको प्रमुख कारण बन्यो। पहिलो १४ ओभरमा एपीएफले ५० रन मात्र बनाउदा तल्लो क्रमको ब्याटरलाई दबाब पर्यो।

पुलिसको बलिंगमा इश्वरी बिस्टले महत्वपूर्ण २ विकेट हात पारिन् र प्लेयर अफ द म्याच समेत घोषित भईन्। उनले कप्तान सिता राना मगर र इन्दु बर्माको विकेट लिईन्।

यस अघि टस जितेर ब्याटिंग गरेको पुलिसले २० ओभरमा ४ विकेट गुमाएर ८९ रन बनायो। उसको लागि ओपनर काजल श्रेष्ठले २७, सम्झना खड्काले २१ तथा कविता जोशीले अविजित १३ रन योगदान दिए।

एपीएफ बलर नेरी थापा, इन्दु बर्मा र सिता राना मगरले १/१ विकेट लिए।

Nary Thapa of APF ( Player of the Series )

प्रतियोगिताकै उत्कृस्ट खेलाडी एपीएफ अलराउण्डर नेरी थापा घोषित भईन्।

आजै सम्पन्न कास्यपदकको लागि भएको खेलमा बागमती प्रदेशले लुम्बिनी प्रदेशलाई ७ विकेटले पराजित गर्यो।





थप समाचार

विश्वकपका लागि अमेरिका र वेस्ट इन्डिजको टोली घोषणा

काठमाडौं । आगामी जुनमा आयोजना हुने टी-२० विश्वकपको संयुक्त आयोजक रहेका अमेरिका र वेस्ट इन्डिजले विश्वकपका लागि टोली घोषणा गरेका […]

वेस्ट इन्डिज ए सँगको अन्तिम खेल आज

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिजको पाँचौ तथा […]

विश्वकपमा नेपालको खेलतालिका यस्तो छ

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

नेपाललाई हराउँदै वेस्ट इन्डिजलाई सिरिज

काठमाडौं । नेपाललाई हराउँदै वेस्ट इन्डिज ए ले पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा जित निकालेको छ । टियु क्रिकेट […]

सिरिज बराबरी गर्न नेपाललाई २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको सिरिजमा २-२ को बराबरी गर्न नेपालले २ सय १० रनको लक्ष्य पाएको […]

नेपालले टस हार्यो, टोलीमा आठ परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]