टि-२० विश्वकप : क्याम्फरको शानदार अलराउण्ड प्रदर्शनमा आयरल्याण्डको जित

२०७९ कार्तिक २, बुधबार १३:२२

कर्टिस क्यामफरले शानदार अलराउण्ड प्रदर्शन गर्दा अस्ट्रेलियामा जारी टि-ट्वान्टी विश्वकपमा पहिलो जित दर्ता गरेको छ। पहिलो खेलमा आयरल्याण्ड जिम्बाब्वेसंग ३१ रनले पराजित भएको थियो।

बेलिरिभ ओभल, होबार्टमा सम्पन्न समुह ‘बि’ को खेलमा स्कटल्याण्डले दिएको १७७ रनको लक्ष्य आयरल्याण्डले एक ओभर बाँकी रहंदा ४ विकेट क्षेतीमा भेटायो।

आयरल्याण्डले लक्ष्य पछ्याउने क्रममा ६१ रनमा ४ विकेट गुमाएको थियो। पाँचौ नम्बरमा ब्याटिंगमा आएका कर्टिस क्याम्फरले जर्ज डकरेलसंग पाँचौ विकेटको लागि १२१ रनको साझेदारी गर्दै टिमलाई शानदार जित दिलाए। क्याम्फरले मात्र ३२ बलमा ७ चौका र २ छक्का मद्दतले ७२ रन बनाए। डकरेलले २७ बलमा ४ चौका र १ छक्का मद्दतले ३९ रन बनाए। लोर्कन टकरले २० तथा एन्डी बालबर्नी र ह्यारी टेक्टरले समान १४ रन बनाए।

टस जितेर ब्याटिंग गरेको स्कटल्याण्डले २० ओभरमा ५ विकेट क्षेतीमा १७६ रन बनायो। उसको लागि ओपनर माइकल जोन्सले ८६ रन योगदान दिए जुन क्रममा ५५ बलमा ६ चौका र ४ छक्का प्रहार गरे। रिची बेरिंगटनले ३७ तथा म्याथु क्रसले २८ रन बनाए। आयरल्याण्डको बलिंगमा कर्टिस क्याम्फरले मात्र ९ रन खर्चेर २ विकेट लिए। जोश लिटल र मार्क अडेरले १/१ विकेट लिए।

अलराउण्ड योगदानको लागि क्याम्फर प्लेयर अफ द म्याच घोषित भए।

हार पछि स्कटल्याण्ड र आयरल्याण्डले समान २/२ खेलमा १ जित र १ हार बेहोर्दै २/२ अंक सहित दोश्रो र तेश्रो स्थानमा छ। एक खेलमा जित सहित २ अंक बटुलेको जिम्बाब्वे उत्कृस्ट नेट रन रेट सहित शिर्षमा छ भने वेस्टइन्डिज एक खेलमा हार बेहोर्दै चौंथो स्थानमा छ।

प्रतियोगिता अन्तर्गत आज समुह ‘बि’ को दोश्रो खेलमा वेस्टइन्डिज र जिम्बाबे बीच प्रतिस्पर्धा हुँदैछ।

अंकतालिका 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy