प्रधानमन्त्री कप : राजुको कप्तानीमा सुदुरपश्चिम टिम घोषणा

यहि कार्तिक १२ गते देखि काठमाडौमा हुन लागेको प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदुरपश्चिम प्रादेशिक क्रिकेट संघले टिमको घोषणा गरेको छ।

यहि असोज ३१ गतेदेखि कार्तिक ६ गतेसम्म कैलाली र कञ्चनपुरमा आयोजना भएको प्रादेशिक छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरु मध्येबाट राजु रिजालको कप्तानीमा ४ वैकल्पिक खेलाडीसहित १८ जनाको नामावली सार्वजनिक गरिएको हो।

घोषित टिम : राजु रिजाल(कप्तान,विकेटकिपर),वसन्त खत्री(उप-कप्तान),नारायण जोशी,शेर मल्ल,वसन्त कार्की,हेमन्त धामी,मिलन बोहरा,दिपक टमटा,गजेन्द्र बोहरा,विरेन्द्र नाथ,नरेन साउँद,कैलाश ऐर,टेक रावत र गजेन्द्र भण्डारी रहेको टोलिमा वैकल्पिक खेलाडीहरुमा खडकबहादुर बोहरा,विरेन्द्र वम,कृष्ण भट्ट र स्मिथ बुढा रहेका छन्।

प्रतियोगिताको समूह ‘ए’ मा रहेको सुदुरपश्चिम प्रदेशसंगै समुहमा नेपाल एपीएफ क्लव,त्रिभुवन आर्मी क्लव,कर्णाली प्रदेश र गण्डकी प्रदेश छन्। सुदुरपश्चिमले आफ्नो पहिलो खेल त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा कार्तिक १४ गते गण्डकी प्रदेशसङ्ग खेल्दै गर्नेछ । त्यसैगरी मुलपानी मैदानमा कार्तिक १५ गते नेपाल एपीएफ क्लव,त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा कार्तिक १८ गते त्रिभुवन आर्मी क्लव र मुलपानी मैदानमा कार्तिक २१ गते छिमेकी प्रदेश कर्णाली प्रदेश विरुद्ध खेल्ने तालिका छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy