टि-२० विश्वकप : इंग्ल्यान्ड बिरुद्ध आयरल्याण्डको ऐतिहासिक जित

इंग्ल्यान्डलाई डीएल मेथडमा ५ रनले पराजित गर्दै आयरल्याण्डले टि-ट्वान्टी विश्वकपको सुपर-१२ चरणमा विजयी सुरुवात गरेको छ। इंग्ल्यान्डले पहिलो खेलमा अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको थियो।

इंग्ल्यान्ड बिरुद्ध यो आयरल्याण्डको पहिलो टि-ट्वान्टी अन्तर्राष्ट्रिय जित हो।

मेलबर्न क्रिकेट ग्राउण्डमा आयरल्याण्डले दिएको १५८ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले १४.३ ओभरमा ५ विकेट गुमाएर १०५ रन बनाएको थियो। उक्त समयमा वर्षाले खेल अवरुद्ध हुँदा पुनः सुचारु हुन सकेन जसपछि डीएल मेथडमा आयरल्याण्ड विजयी भएको हो।

लक्ष्य पछ्याउने क्रममा इंग्ल्यान्ड ओपनर जोस बटलर खाता नखोली तथा एलेक्स हेल्स ७ रनमा आउट भए। दुवैलिई जोश लिटलले पेभेलियन फर्काए। बेन स्टोक्स ६ रन बनाएर आउट हुँदा इंग्ल्यान्ड २९/३ को अवस्थामा पुग्यो। तेश्रो विकेटको लागि डेवेड मलान र  ह्यारी ब्रुकले ३८ रन जोडे। एघारौं ओभरमा ब्रुक १८ रन तथा चौधौं ओभरमा मलान ३५ रनको व्यक्तिगत स्कोरमा आउट भए। मोईन अलि १२ बलमा ३ चौका र १ छक्का मद्दतले २४ रनमा तथा लियाम लिभिंगस्टोन १ रनमा अविजित रहे।

आयरल्याण्ड बलर जोश लिटलले २ विकेट, ब्यारी म्याकार्थी, फिन ह्यान्ड र जर्ज डकरेलले १/१ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको आयरल्याण्डले १९.२ ओभरमा १५७ रन बनाएर सबै विकेट गुमायो।

आइरिस ओपनर तथा कप्तान एन्डी बालबर्नीले सर्वाधिक ६२ रन योगदान दिए। लोर्कान टकरले ३४, कर्टिस क्याम्फरले १८ तथा पल स्टरलिंगले १४ रन बनाए। १३२ रन बनाउदा ३ विकेट गुमाएको अवस्थाबाट इनिंग्सको अन्तिममा आयरल्याण्ड ब्याट्सम्यानहरुले लगातार विकेट गुमाए।

इंग्ल्यान्ड बलर मार्क वुड र लियाम लिभिंगस्टोनले ३/३ विकेट लिए। स्याम करनले २ तथा बेन स्टोक्सले १ विकेट लिए।

 





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]