जिम्बाब्वेसंग हार पछि पाकिस्तान कप्तान आजमले के भने

अस्ट्रेलियामा जारी टि-२० विश्वकपको सुपर-१२ चरणमा पाकिस्तानलाई १ रनले पराजित गर्दै जिम्बाब्वेले पहिलो जित दर्ता गरेको छ। पर्थ स्टेडियममा जिम्बाब्वेले दिएको १३१ रनको लक्ष्य पछ्याएको पाकिस्तानले २० ओभरमा ८ विकेट क्षेतीमा १२९ रन बनायो।

हार पछि पाकिस्तान कप्तान बाबर आजमले खराब ब्याटिंग प्रदर्शनलाई दोष दिए – “हामी आधिबाटोमै १३० रन सम्म पुग्नु पर्थ्यो। निकै खराब प्रदर्शन, हामिसंग राम्रा ब्याट्सम्यानहरु छन् तर आज हामीले ब्याटिंग राम्रो गर्न सकेनौ।” बाबरले भने।

“हामीले ओपनरलाई पावरप्ले भित्र गुमायौं। शदाब र शान जब साझेदारी गर्दै थिए तब शदाब आउट भएपछि दुर्भाग्यवस लगातार विकेट गुम्यो। बलिंगतर्फ पहिलो ६ ओभरमा हामीले राम्रो गर्न नसकेता पनि अन्त्य राम्रो गर्यौं।”

“हामि एक साथ बस्नेछौँ र हाम्रो गल्तिहरु बारे बहस गर्नेछौँ। हामि आगामी खेलमा उत्कृस्ट पुनरागमन गर्न कडा अभ्यास गर्नेछौँ।” आजमले बताए।

खेलमा ३ विकेट लिंदै प्लेयर अफ द म्याच चुनिएका सिकन्दर रजाले आफुसंग जितलाई बयान गर्न शब्द नभएको बताए।

“म संग शब्द छैन। हर्षले गर्दा मेरो मुख सुकेको छ।” रजाले बताए। “म हाम्रो टिम प्रति गर्व गर्छु। जसरि हाम्रो पेसर्सहरुले सुरुवात गरे जुन अपत्यारिलो थियो जसलाई राम्रो फिल्डिंगले साथ दियौं।”

“अस्ट्रेलिया जानु अघि मैले कप्तान इर्भिनलाई बताएको थिए कि जसले प्लेयर अफ द म्याच पाउनेछ उसले छानेको घडी एक अर्काले किनीदिनु पर्छ। मैले उनलाई याद दिलाएको छु कि तिन वटा घडी दिनु पर्छ। आज खेल अघि मैले रिकी पोंटिंगको क्लिप हेरेको थिए बिहान जसले मलाई प्रेरित गर्यो। म रिकी पोंटिंगलाई धन्यवाद दिन चाहन्छु।”

जिम्बाब्वेले पहिलो खेलमा दक्षिण अफ्रीकासंग खेल रद्द हुँदा एक अंक पाएको थियो। पाकिस्तान पहिलो खेलमा भारतसंग पराजित भएको थियो। जिम्बाब्वेले आगामी खेल बंगलादेशसंग अक्टोबर ३० तारिखमा तथा पाकिस्तानले सोहि दिन नेदरल्याण्ड बिरुद्ध खेल्नेछ।

 





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]