जिम्बाब्वेसंग हार पछि पाकिस्तान कप्तान आजमले के भने

२०७९ कार्तिक १०, बिहीबार २०:५४

अस्ट्रेलियामा जारी टि-२० विश्वकपको सुपर-१२ चरणमा पाकिस्तानलाई १ रनले पराजित गर्दै जिम्बाब्वेले पहिलो जित दर्ता गरेको छ। पर्थ स्टेडियममा जिम्बाब्वेले दिएको १३१ रनको लक्ष्य पछ्याएको पाकिस्तानले २० ओभरमा ८ विकेट क्षेतीमा १२९ रन बनायो।

हार पछि पाकिस्तान कप्तान बाबर आजमले खराब ब्याटिंग प्रदर्शनलाई दोष दिए – “हामी आधिबाटोमै १३० रन सम्म पुग्नु पर्थ्यो। निकै खराब प्रदर्शन, हामिसंग राम्रा ब्याट्सम्यानहरु छन् तर आज हामीले ब्याटिंग राम्रो गर्न सकेनौ।” बाबरले भने।

“हामीले ओपनरलाई पावरप्ले भित्र गुमायौं। शदाब र शान जब साझेदारी गर्दै थिए तब शदाब आउट भएपछि दुर्भाग्यवस लगातार विकेट गुम्यो। बलिंगतर्फ पहिलो ६ ओभरमा हामीले राम्रो गर्न नसकेता पनि अन्त्य राम्रो गर्यौं।”

“हामि एक साथ बस्नेछौँ र हाम्रो गल्तिहरु बारे बहस गर्नेछौँ। हामि आगामी खेलमा उत्कृस्ट पुनरागमन गर्न कडा अभ्यास गर्नेछौँ।” आजमले बताए।

खेलमा ३ विकेट लिंदै प्लेयर अफ द म्याच चुनिएका सिकन्दर रजाले आफुसंग जितलाई बयान गर्न शब्द नभएको बताए।

“म संग शब्द छैन। हर्षले गर्दा मेरो मुख सुकेको छ।” रजाले बताए। “म हाम्रो टिम प्रति गर्व गर्छु। जसरि हाम्रो पेसर्सहरुले सुरुवात गरे जुन अपत्यारिलो थियो जसलाई राम्रो फिल्डिंगले साथ दियौं।”

“अस्ट्रेलिया जानु अघि मैले कप्तान इर्भिनलाई बताएको थिए कि जसले प्लेयर अफ द म्याच पाउनेछ उसले छानेको घडी एक अर्काले किनीदिनु पर्छ। मैले उनलाई याद दिलाएको छु कि तिन वटा घडी दिनु पर्छ। आज खेल अघि मैले रिकी पोंटिंगको क्लिप हेरेको थिए बिहान जसले मलाई प्रेरित गर्यो। म रिकी पोंटिंगलाई धन्यवाद दिन चाहन्छु।”

जिम्बाब्वेले पहिलो खेलमा दक्षिण अफ्रीकासंग खेल रद्द हुँदा एक अंक पाएको थियो। पाकिस्तान पहिलो खेलमा भारतसंग पराजित भएको थियो। जिम्बाब्वेले आगामी खेल बंगलादेशसंग अक्टोबर ३० तारिखमा तथा पाकिस्तानले सोहि दिन नेदरल्याण्ड बिरुद्ध खेल्नेछ।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy