टि-२० विश्वकप : टस नभई रद्द भयो इंग्ल्यान्ड र अस्ट्रेलियाको खेल ( हेर्नुस अंकतालिका )

अस्ट्रेलियामा जारी टि-ट्वान्टी विश्वकप अन्तर्गत शुक्रबारको दोश्रो खेल पनि रद्द भएको छ।

वर्षाका कारण चिर प्रतिद्वन्दी आयोजक अस्ट्रेलिया र इंग्ल्यान्ड बीचको खेल टस समेत नभई रद्द भएको हो। दुवै टिमले एक-एक अंक बाँडेका छन्। यस अघि आज आयरल्याण्ड र अफगानिस्तान बीचको खेल पनि रद्द हुँदा दुवै टिमले एक-एक अंक बाँडेका थिए। सुपर -१२ चरणमा नतिजाविहिन टुंगिएको यो चौंथो खेल हो।

सुपर-१२ चरणमा समुह ‘१’ को ३ खेल हुंद इंग्ल्यान्ड १ जित , १ हार र १ नतिजाविहिन खेलपछि ३ अंक सहित दोश्रो स्थानमा छ। समान नतिजा र अंक सहित अस्ट्रेलिया नेट रन रेटमा पछि पर्दै चौंथो स्थानमा छ। न्युजिल्यान्ड २ खेलमा १ जित र १ नतिजाविहिन खेल पछि ३ अंक सहित नेट रन रेटमा अघि रहँदै शिर्षमा छ।

अंकतालिका 

अस्ट्रेलियाले आगामी खेल अक्टोबर ३१ तारिखमा अस्ट्रेलियासंग तथा इंग्ल्यान्डले नोभेम्बर १ तारिखमा न्युजिल्यान्डसंग खेल्नेछ।

प्रतियोगिता अन्तर्गत शनिवार एक मात्र खेल हुनेछ। दिउँसो १:४५ बजे न्युजिल्यान्ड र श्रीलंका प्रतिस्पर्धा गर्नेछन्।

 

 





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]