टि-२० विश्वकप : टस नभई रद्द भयो इंग्ल्यान्ड र अस्ट्रेलियाको खेल ( हेर्नुस अंकतालिका )

२०७९ कार्तिक ११, शुक्रबार १६:३१

अस्ट्रेलियामा जारी टि-ट्वान्टी विश्वकप अन्तर्गत शुक्रबारको दोश्रो खेल पनि रद्द भएको छ।

वर्षाका कारण चिर प्रतिद्वन्दी आयोजक अस्ट्रेलिया र इंग्ल्यान्ड बीचको खेल टस समेत नभई रद्द भएको हो। दुवै टिमले एक-एक अंक बाँडेका छन्। यस अघि आज आयरल्याण्ड र अफगानिस्तान बीचको खेल पनि रद्द हुँदा दुवै टिमले एक-एक अंक बाँडेका थिए। सुपर -१२ चरणमा नतिजाविहिन टुंगिएको यो चौंथो खेल हो।

सुपर-१२ चरणमा समुह ‘१’ को ३ खेल हुंद इंग्ल्यान्ड १ जित , १ हार र १ नतिजाविहिन खेलपछि ३ अंक सहित दोश्रो स्थानमा छ। समान नतिजा र अंक सहित अस्ट्रेलिया नेट रन रेटमा पछि पर्दै चौंथो स्थानमा छ। न्युजिल्यान्ड २ खेलमा १ जित र १ नतिजाविहिन खेल पछि ३ अंक सहित नेट रन रेटमा अघि रहँदै शिर्षमा छ।

अंकतालिका 

अस्ट्रेलियाले आगामी खेल अक्टोबर ३१ तारिखमा अस्ट्रेलियासंग तथा इंग्ल्यान्डले नोभेम्बर १ तारिखमा न्युजिल्यान्डसंग खेल्नेछ।

प्रतियोगिता अन्तर्गत शनिवार एक मात्र खेल हुनेछ। दिउँसो १:४५ बजे न्युजिल्यान्ड र श्रीलंका प्रतिस्पर्धा गर्नेछन्।

 

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy