एमसीसी बिरुद्ध रुबिनाको ह्याट्रिक

कप्तान रुबिना क्षेत्रीले घातक बलिंग गर्दै ह्याट्रिक लिंदा नेपाल भ्रमणमा रहेको मेरिलेबोन क्रिकेट क्लब ( एमसीसी ) लाई नेपाल क्रिकेट संघ  मिश्रित-११ ( क्यान ११ ) ले १९ रनले पराजित गरेको छ।

पोखरा स्थित पोखरा रंगशाला क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले दिएको १०० रनको लक्ष्य पछ्याएको एमसीसीले १९.५ ओभरमा सबै विकेट गुमाएर ८० रन बनायो।

दोश्रो इनिंग्सको अन्तिम ओभरमा कप्तान रुबिना क्षेत्रीले लगातार ४ बलमा ४ विकेट हात पारिन्। ओभरको दोश्रो देखि पाँचौ बल सम्म रुबिनाले लगातार चार ब्याटरलाई बोल्ड गरिन्।

रुबिनाले ३ ओभर बलिंग गर्दै १० रन खर्चेर ५ विकेट हात पारिन्। कविता कुँवर र नेरी थापाले २/२ तथा सिता राना मगरले १ विकेट हात पारिन्। एमसीसीको ब्याटिंगमा ई हब्बार्डले सर्वाधिक २० रन तथा ए व्हाईब्रोले १९ रन रन बनाईन्।

यस अघि टस जितेर ब्याटिंग गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ९९ रन बनायो।

खराब सुरुवात गरेको नेपालले पहिलो ५ विकेट २६ रन बनाउदा गुमायो। त्यसपछि नेरी थापा र सुमन खतिवडाले छैठौं विकेटको लागि ३१ रनको साझेदारी गरे। चौधौं ओभरमा सुमन १६ रन बनाएर आउट भईन्। १८ रन बनाएकी नेरी सोह्रौं ओभरमा आउट भईन्। अन्तिममा कविता कुँवरले १७ रन बनाउदै नेपालको योगफल सय नजिक पुर्याईन्। कविता अन्तिम ओभरमा आउट भईन्। यस अघि सम्झना खड्काले १७ तथा सिता राना मगरले १० रन योगदान दिए। नेपालले अतिरिक्तको रुपमा १६ रन पायो।

एमसीसीको बलिंगमा रचेल पोटरले ३ तथा रिया रभाल र अमन्दा पोटजीटरले २/ विकेट लिए।

भ्रमण अन्तर्गत एमसीसीले क्यान-११ संग आगामी खेल शनिवार खेल्नेछ। आइतबार मिश्रित-११ संग तथा मंगलबार क्यान-११ संग खेल हुनेछ। यस अघि काठमाडौँमा सम्पन्न दुई वटा खेलमा एमसीसीले नेपालको मिश्रित-११ संग १०७ रनको हार बेहोरेको थिओ भने आईसीसी अन्डर-१९ टिम लाई १६ रनले पराजित गरेको थियो।





थप समाचार

अनिल र आशिफको अर्धशतकमा नेपाल विजयी

काठमाडौं । ओपनर आशिफ शेख तथा अनिल शाहको अर्धशतकको सहयोगमा नेपालले वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ […]

अन्तिम खेल जित्न नेपाललाई १७३ रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ तथा अन्तिम खेल जित्न नेपालले १ सय ७३ रनको […]

नेपालले टस हार्यो, नेपाली टिममा दुई परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको पाँचौ खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]

विश्वकपका लागि अमेरिका र वेस्ट इन्डिजको टोली घोषणा

काठमाडौं । आगामी जुनमा आयोजना हुने टी-२० विश्वकपको संयुक्त आयोजक रहेका अमेरिका र वेस्ट इन्डिजले विश्वकपका लागि टोली घोषणा गरेका […]

वेस्ट इन्डिज ए सँगको अन्तिम खेल आज

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिजको पाँचौ तथा […]

विश्वकपमा नेपालको खेलतालिका यस्तो छ

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]