राजबंशीको बलिंग अघि प्रदेश-१ निरिह, पुलिसको सहज जित

देब्रे हाते स्पिनर ललित राजबंशीले घातक बलिंग गर्दा प्रधानमन्त्री कप राष्ट्रिय एकदिवशीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लगातार दोस्रो जित हासिल गरेको छ ।

समूह बी अन्तर्गत मूलपानी मैदानमा सोमबार सम्पन्न खेलमा पुलिसले प्रदेश-१ लाई ७ विकेटले हराएको हो ।

खेलको स्कोरकार्ड 

१०३ रनको लक्ष्य पुलिसले १४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको हो । ओपनर सुनिल धमला रनको खाता नखोली आउट भए पनि अर्का ओपनर कुशल भुर्तेल र शङ्कर रानाले पुलिसको जित आधार तय गरेका थिए । यी दुईले दोस्रो विकेटका लागि ६९ रनको साझेदारी गरे ।

कुशलले २८ बलमा ५ चौका र ३ छक्का सहित सर्वाधिक ४२ रन बनाए । अर्का ब्याटर सङ्करले २९ रन बनाए । दिपेन्द्र सिंह ऐरी र रसिद खान क्रमशः १४ र १६ रनमा अविजित रहे । प्रदेश १ का लागि फिरोद अन्सरी र सिद्धान्त लोहनीले समान १ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको प्रदेश १ टिम ३५.१ ओभरमा १०२ रनमै अलआउट भएको थियो । पुलिसका लागि ललितनारायण राजवंशी एक्लैले ५ विकेट लिए । उनले १० ओभरमा ३ मेडन राख्दै २६ रन खर्चिए । दिपेन्द्र सिंह ऐरी र सागर ढकालले समान २ विकेट लिए भने रसिद खानले १ विकेट लिए ।

प्रदेश १ का लागि ओपनर ब्याटरद्धय निरज मुखिया र अङ्कित सुवेदीले पहिलो विकेटका लागि ५६ रनको साझेदारी गरेका थिए । निरजले ३७ बलमा २९ रन बनाए भने अङ्कितले ३५ बलमा २४ रन जोडे । बाँकी ४६ रन जोड्दा बाँकी सबै विकेट गुमायो ।

पुलिस २ खेलबाट ४ अङ्कसहित समूह बी को शीर्ष स्थानमा पुगेको छ । पुलिसले यसअघि आइतबार भएको पहिलो खेलमा बागमती प्रदेशमाथि १९२ रनको जित हाँसिल गरेको थियो।





थप समाचार

कोलकाताले दिल्लीबाट पायो १५४ रनको लक्ष्य

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ४७ औं खेलमा कोलकाता नाईटराईडर्सले दिल्ली क्यापिटल्सबाट १ सय ५४ रनको लक्ष्य […]

आइपीएल : कोलकाता र दिल्ली खेल्दै

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत आज कोलकाता नाइटराइडर्स र दिल्ली क्यापिटल्सबीच खेल हुदैछ । कोलकाताको घरेलु मैदान इडन […]

अभानी प्रिमियर लिग : अभानी र खुकुरीको जित

काठमाडौं । अस्ट्रेलियाको सिड्नीमा जारि अभानी प्रिमियर लिगमा अभानी क्रिकेट क्लब र रोयल खुकुरी क्रिकेट क्लबले जित निकालेका छन् । […]

विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा भएको छ […]

हैदराबादमाथि चेन्नईको सहज जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ४६ औं खेलमा चेन्नई सुपर किंग्सले सनराइजर्स हैदराबादमाथि सहज जित हात पारेको […]

गायकवाड शतकबाट चुक्दा हैदराबादले पायो २१३ रनको लक्ष्य

काठमाडौं । कप्तान ऋतुराज गायकवाड शतकबाट २ रनले चुक्दा १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ४६ औं खेलमा चेन्नई सुपर […]