प्रधानमन्त्री कप : एपीएफ र प्रदेश-१ विजयी, अंकितको पहिलो शतक

काठमाडौँमा जारि प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो दिन सम्पन्न दुईवटा खेलमा प्रदेश नम्बर-१ र एपीएफ क्लब विजयी भएका छन्।

अंकितको शतकमा प्रदेश-१ को उत्कृस्ट जित 

प्रारम्भिक ब्याटर अङ्कित सुवेदीको उत्कृष्ट शतकको मद्दतले प्रदेश १ ले समूह ‘बी’ अन्तर्गतको खेलमा वाग्मतीलाई ६९ रनले हराएको छ । प्रदेश-१ को यो पहिलो जित हो भने वाग्मतीले लगातार दोस्रो खेल गुमाएको छ । स्कोरकार्ड, अंकतालिका 

अङ्कितको १ सय १० रनको मद्दतले प्रदेश १ ले पहिले ब्याटिङ गर्दै ४९.५ ओभरमा ३ सय ४ रन बनाएको थियो । पुलिस क्लबका दिपेन्द्र ऐरीपछि जारि प्रतियोगितामा दोश्रो शतक बनाएका अंकितले १३४ बलमा १२ चौका र १ छक्का प्रहार गरे। सिनियर राष्ट्रिय क्रिकेटमा अंकितको यो पहिलो शतक हो। यस्तै प्रदेश-१ का कप्तान सिद्धान्त लोहनीले ४० बलमा ७२ रनको योगदान दिए । वाग्मतीका लागि रामनरेश गिरीले ४२ रन खर्चेर ५ विकेट लिए ।

जितका लागि ३ सय ५ रनको विशाल लक्ष्य पाएको वाग्मतीले ४५.५ ओभरमा अलआउट हुन अगाडि २ सय ३५ रनमात्र बनाउन सक्यो । नन्दन यादवले बनाएको ४३ रन नै वाग्मतीका लागि उच्च व्यक्तिगत स्कोर रह्यो । प्रदेश-१ को बलिंगमा सर्वन यादवले ३ विकेट तथा फिर्दोश अन्सारी, दिपक जोशी र सिद्धान्त लोहनीले २/२ विकेट लिए।

एपीएफ सामु सुदूरपश्चिम निरिह 

विभागीय टोली नेपाल एपीएफ क्लबले काठमाडौंमा जारी प्रधानमन्त्री (पीएम) कप क्रिकेटमा सुदूरपश्चिम प्रदेशमाथि सानदार जित निकालेको छ । मुलपानी क्रिकेट मैदानमा मंगलबार भएको खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई १० विकेटले हरायो । प्रतियोगिताका एपीएफको यो लगातार दोस्रो जित हो । स्कोरकार्ड 

सुदूरपश्चिमले दिएको ६८ रनको सामान्य विजयी लक्ष्य पछ्याएको एपीएफले ११.२ ओभरमा ७० रन बनायो । एपीएफको जितमा ओपनर आशिफ शेखले अविजित ४२ रन बनाए । प्रदिप ऐरीले अविजित २५ रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २७ ओभरमा सबै विकेटको क्षतिमा ६७ रन बनाएको थियो । मैदान ओसिलो भएको कारण खेल ४३ ओभरमा झारिएको थियो । सुदूरपश्चिमका लागि कप्तान राजु रिजालले सर्वाधिक २४ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । सुदूरपश्चिमलाई सस्तैमा समेट्न बलिङमा एपीएफका भुवन कार्कीले चार विकेट लिए।

कमल ऐरी र मौसम ढकालले दुई दुई तथा किशोर महतो र अमर सिंह रौटेलाले एक एक विकेट लिए । जितसँगै समूह ‘ए’ मा रहेको एपीएफ शीर्षस्थानमा छ । एपीएफले दुई खेलबाट चार अङ्क बनाएको छ । एपीएफले पहिलो खेलमा त्रिभुवन आर्मी क्लबलाई हराएको थियो । दोस्रो हार खेप्दै अङ्कविहीन सुदूरपश्चिम अन्तिममा छ । सुदूरपश्चिम पहिलो खेलमा गण्डकी प्रदेशसँग पराजित भएको थियो ।





थप समाचार

राजस्थानको लगातार चौथो जित, राजस्थानको प्लेअफ सम्भावना बलियो

काठमाडौं । जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)मा राजस्थान रोयल्सले लगातार चौथो जित निकाल्दै शीर्ष चारमा रहदै प्लेअफमा स्थान […]

नेपाल र वेस्ट इन्डिजबीचको दोस्रो खेल आज

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिज दोस्रो खेल […]

राजस्थानको लगातार चौथो जित, राजस्थानको प्लेअफ सम्भावना बलियो

काठमाडौं । जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)मा राजस्थान रोयल्सले लगातार चौथो जित निकाल्दै शीर्ष चारमा रहदै प्लेअफमा स्थान […]

दिल्लीद्वारा मुम्बई पराजित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ४३ औं खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई पराजित गरेको छ । घरेलु […]

रोहितको शतकमा नेपालको जित

काठमाडौं । कप्तान रोहितकुमार पौडेलको शतकको सहयोगमा नेपालले वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको पहिलो खेलमा जितेको छ […]

नेपालले पायो २०५ रनको लक्ष्य

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी२० सिरिजको पहिलो खेलमा २ सय ५ रनको लक्ष्य पाएको छ […]