प्रधानमन्त्री कपको दुवै सेमीफाइनल टियु मैदानमा हुने

काठमाडौंमा जारि प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगिताको सेमीफाइनल समीकरण पुरा भएको छ।

समुह ‘ए’ बाट दुई विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) विजेता र उपविजेताको रुपमा त्रिभुवन आर्मी क्लब तथा समुह ‘बि’ बाट विभागीय टोलि नेपाल पुलिस क्लब विजेता र उपविजेताको रुपमा मधेश प्रदेश सेमीफाइनल पुगेका छन्।

पहिलो सेमीफाइनल खेल कार्तिक २४ गते एपीएफ र मधेश प्रदेश बीच तथा दोश्रो सेमीफाइनल कार्तिक २५ गते त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब बीच खेलिनेछ। दुवै खेल टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा खेलिनेछ।

यस अघि नेपाल क्रिकेट संग ( क्यान ) ले प्रतियोगिता अघि सार्वजनिक गरिएको खेल तालिकामा एउटा सेमीफाइनल किर्तिपुर र अर्को मुलपानी मैदानमा गरिने भनिएता पनि मुलपानी मैदानको पिचको स्तर राम्रो नहुँदा दुवै खेल कीर्तिपुरमा गर्ने नेपाल क्रिकेट संघको टेक्निकल समितिले निर्णय गरेको हो।

फाइनल खेल भने पूर्व निर्धारित मिति कार्तिक २६ गते किर्तिपुर मैदानमा हुनेछ।





थप समाचार

कर्पोरेट सुपर सिक्सेस सिजन–७ सम्पन्न, माछापुच्छ्रे बैंक च्याम्पियन, आइसिएफसी उपविजेता

काठमाडौं, वैशाख २४– माछापुच्छ्रे बैंकले मंगलबार नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को उपाधि जितेको छ । मूलपानी क्रिकेट मैदानमा मंगलबार […]

विश्वकपका लागि युगान्डा र स्कटल्यान्डको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका तथा वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी२० विश्वकपका लागि युगान्डा र स्कटल्यान्डको […]

सुर्यकुमारको शतकमा मुम्बईको सहज जित

काठमाडौं । सूर्यकुमार यादवको शतकको सहयोगमा मुम्बई इण्डियन्सले १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार सनराइजर्स हैदराबाद माथि […]

कर्पोरेट सुपर सिक्सेस सिजन–७ को क्वार्टरफाइनल समीकरण तय

काठमाडौं, वैशाख २४– माछापुच्छ्रे बैंक र एनसेल लिजेन्ड्स जारी कर्पोरेट सुपर सिक्सेस सिजन–७ मा समूहचरणको खेलमा अपराजित रहँदै क्वार्टरफाइनलमा पुगेका […]

पञ्जाबमाथि चेन्नईको सहज जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ५३ औं खेलमा चेन्नई सुपर किंग्सले पञ्जाब किंग्समाथि सहज जित […]

सातौँ सिजनको नेकोस कर्पोरेट सुपर सिक्सेज सुरु : एनआईसी एसियाको दोहोरो जित

काठमाडौँ, वैशाख २३- सातौँ संस्करणको नेकोस कर्पोरेट सुपर सिक्सेज २०२४ काठमाडौँको मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको छ। प्रतियोगिता अन्तर्गत […]