प्रधानमन्त्री कपको दुवै सेमीफाइनल टियु मैदानमा हुने

काठमाडौंमा जारि प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगिताको सेमीफाइनल समीकरण पुरा भएको छ।

समुह ‘ए’ बाट दुई विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) विजेता र उपविजेताको रुपमा त्रिभुवन आर्मी क्लब तथा समुह ‘बि’ बाट विभागीय टोलि नेपाल पुलिस क्लब विजेता र उपविजेताको रुपमा मधेश प्रदेश सेमीफाइनल पुगेका छन्।

पहिलो सेमीफाइनल खेल कार्तिक २४ गते एपीएफ र मधेश प्रदेश बीच तथा दोश्रो सेमीफाइनल कार्तिक २५ गते त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब बीच खेलिनेछ। दुवै खेल टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा खेलिनेछ।

यस अघि नेपाल क्रिकेट संग ( क्यान ) ले प्रतियोगिता अघि सार्वजनिक गरिएको खेल तालिकामा एउटा सेमीफाइनल किर्तिपुर र अर्को मुलपानी मैदानमा गरिने भनिएता पनि मुलपानी मैदानको पिचको स्तर राम्रो नहुँदा दुवै खेल कीर्तिपुरमा गर्ने नेपाल क्रिकेट संघको टेक्निकल समितिले निर्णय गरेको हो।

फाइनल खेल भने पूर्व निर्धारित मिति कार्तिक २६ गते किर्तिपुर मैदानमा हुनेछ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy