पाकिस्तानलाई फाइनल पुर्याएपछि के भन्छन् कप्तान बाबर आजम

२०७९ कार्तिक २३, बुधबार १८:०१

प्रतियोगिताको पहिलो २ खेलमा हारको बाबजुद उत्कृस्ट पुनरागमन गर्दै सेमीफाइनल पुगेको पाकिस्तानले न्युजिल्यान्ड बिरुद्ध ७ विकेटको शानदार जित दर्ता गर्दै टि-२० विश्वकपको फाइनलमा स्थान बनाएको छ।

जितपछि पाकिस्तान कप्तान बाबर आजमले दर्शकहरुलाई धन्यवाद दिंदै आफ्नो टिमले योजना अनुसार खेल्न सकेको बताए। “दर्शकहरुलाई धन्यवाद जसले घरमै खेलेको जस्तो महसुस गराए।”

“हामीले पहिलो ६ ओभरमा बलिंगमा राम्रो सुरुवात गर्यौं। त्यसपछि बल राम्रोसंग ब्याटमा आएन। फास्ट बलरहरुले अन्त्य राम्रो गरे। उनले बताए।

“हामीले पहिलेनै पावरप्लेको राम्रो उपयोग गर्ने योजना बनाएका थियौं।” पाकिस्तानले पावरप्लेमा  विकेट नगुमाई ५५ रन बनाएको थियो भने बाबरले मोहम्मद रिजवानसंग शतकीय ( १०५ रनको ) ओपनिंग साझेदारी गरे। त्यस क्रममा बाबरले प्रतियोगिताको पहिलो अर्धशतक बनाउने क्रममा ५३ रन बनाए।

“हामी यो पलमा रमाउन चाहन्छौं। यही समयमा फाइनलको लागि ध्यान केन्द्रित पनि गर्नेछौँ।” आजमले भने। पाकिस्तानले भोलि हुने भारत र इंग्ल्यान्ड बीचको दोश्रो सेमीफाइनलको विजेतासंग फाइनल खेल्नेछ।

जितमा प्लेयर अफ द म्याच चुनिएका पाकिस्तान ओपनर मोहम्मद रिजवानले सेमीफाइनलमा अर्धशतक बनाएकोमा आफुलाई भाग्यमानी ठानेको बताए –

“भाग्यमानी छु कि सेमीफाइनलमा अर्धशतक बनाउन सफल भएँ। बाबर र म संघर्षरत थियौं तर पनि हामी कठिन मेहनत गर्दै आफुमा विश्वास कायम राखीरहेका थियौं। पहिलो इनिंग्स सकिएपछि हामीले दोश्रो इनिंग्समा नयाँ बलर माथि हावी हुने योजना बनाएका थियौं। जब पावरप्ले सकियो हामीलाई थाहा थियो कि यो पिच अनिश्चित हुनेछ। हामीले प्रतियोगिताको सुरुवात खराब गरौँ तर हामीले निरन्तर आफुमा विश्वास कायम राख्यौं।”

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy