मधेश प्रदेशलाई सहजै पराजित गर्दै एपीएफ प्रधानमन्त्री कपको फाइनलमा

एकतर्फी खेलमा मधेश प्रदेशलाई ७ विकेटले पराजित गर्दै शशस्त्र प्रहरी बल ( एपीएफ ) प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको फाइनल प्रवेश गरेको छ।

टियु अन्तर्राष्ट्रिय मैदान कीर्तिपुरमा सम्पन्न खेलमा मधेश प्रदेशले दिएको १२३ रनको सामान्य लक्ष्य एपीएफले मात्र ३ विकेट क्षेतीमा २१.३ ओभरमै भेटायो।

लक्ष्य पछ्याउने क्रममा एपीएफ ओपनर प्रदिप ऐरी र आसिफ शेखले ६० रनको साझेदारी गरे। आसिफ २५ र प्रदिप ३३ रन बनाएर आउट भए। तेश्रो विकेटको लागि लोकेश बम र सुमित महर्जनले ४९ रनको साझेदारी गरे। सुमित १३ रन बनाएर आउट भए। लोकेशले अविजित ३५ रन बनाए। मधेशका बलर रुपेसं सिंहले २ तथा राजेश यादवले १ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको मधेश ३१ ओभरमा १२२ रनमा समेटिन पुग्यो। उसको लागि दशौँ नम्बरमा ब्याटिंग गरेका रुपेश सिंहले सर्वाधिक ३६ रन योगदान दिए। सन्तोष कार्कीले २०, इमरान शेखले १६ तथा अनिल सहले १३ रन बनाए।

एपीएफका फास्ट बलर कमल सिंह ऐरीले ४ विकेट ( ९-१-२७-४ ) लिए। भुवन कार्की र मौसम ढकालले २/२ तथा किशोर महतोले १ विकेट लिए।

प्रतियोगिताको दोश्रो सेमीफाइनलमा भोलि नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब प्रतिस्पर्धा गर्नेछन्।





थप समाचार

अनिल र आशिफको अर्धशतकमा नेपाल विजयी

काठमाडौं । ओपनर आशिफ शेख तथा अनिल शाहको अर्धशतकको सहयोगमा नेपालले वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ […]

अन्तिम खेल जित्न नेपाललाई १७३ रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ तथा अन्तिम खेल जित्न नेपालले १ सय ७३ रनको […]

नेपालले टस हार्यो, नेपाली टिममा दुई परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको पाँचौ खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]

विश्वकपका लागि अमेरिका र वेस्ट इन्डिजको टोली घोषणा

काठमाडौं । आगामी जुनमा आयोजना हुने टी-२० विश्वकपको संयुक्त आयोजक रहेका अमेरिका र वेस्ट इन्डिजले विश्वकपका लागि टोली घोषणा गरेका […]

वेस्ट इन्डिज ए सँगको अन्तिम खेल आज

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिजको पाँचौ तथा […]

विश्वकपमा नेपालको खेलतालिका यस्तो छ

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]