दबाबमा भुवनको उत्कृस्ट ब्याटिंग, एपीएफलाई प्रधानमन्त्री कपको उपाधि

२०७९ कार्तिक २६, शनिबार १७:३२

त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित गर्दै शशस्त्र प्रहरी बल ( एपीएफ ) ले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।

त्रिवि क्रिकेट मैदानमा आर्मीले दिएको १८० रनको लक्ष्य एपीएफले ३८.३ ओभरमा भेटायो।

स्कोरकार्ड 

लक्ष्य पछ्याउने क्रममा एपीएफले ८२ रन बनाउदा ४ विकेट गुमायो। चौंथो नम्बरमा ब्याटिंग गरेका भुवन कार्कीले सुमित महर्जनसंग ७५ रनको साझेदारी गरे। चौतिसौं ओभरमा महर्जनलाई सुशन भारिले एलबिडब्लु पारे जस अघि उनले ३४ रन बनाए। त्यसपछि भुवनले कप्तान शरद भेसावकरसंग २२ रनको साझेदारी गरे।

जित्न १ रन बाँकी हुँदा भुवन रन आउट भए। त्यस अघि उनले ८२ बलमा ४ चौका र १ छक्का मद्दतले ५५ रन बनाए। शरद भेसवकरले अविजित १६ रन बनाए।

आर्मी बलर जितेन्द्र मुखियाले २ तथा सोमपाल कामि, बिक्रम सोब र सुशन भारिले १/१ विकेट लिए।

टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले ४० ओभरमा छोट्याइएको खेलको ३९ ओभरमा सबै विकेट गुमाएर एक सय ७९ रनको योगफल तयार गर्यो।

आर्मीका लागि ५६ बलको सामना गरेका राष्ट्रिय टिमका कप्तान रोहित पौडेलले तीन चौकासहित ४९ रनको योगदान गरे। अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेका थिएनन्। यद्यपि, अन्तिम विकेटका लागि जितेन्द्र मुखिया र सुशष भारीले ४८ रनको साझेदारी गरे।

सुशन २५ बलमा १९ रन जोडेर आउट हुँदा जितेन्द्र समान २५ बलमा २४ रन जोडेर अविजित रहे। एपीएफका लागि कसिलो बलिङ गरेका अमर र मौसमले जनही तीन विकेट लिन आफ्नो कोटाको आठ-आठ ओभरमा क्रमश:४० र ३२ रन खर्चेका थिए। यस्तै, पाँच ओभरमा १६ रन खर्चेका किशोर महतोले दुई विकेट लिए।

आर्मीले अनिल मण्डलको स्थानमा सोमपाल कामीलाई टिममा राखेपछि उत्पन्न विवादका कारण खेल समयमा सुरु नभएर झण्डै दुई घण्टा ढिलो भएको थियो।

अन्ततः सोमपाललाई पनि समावेश गराएर ११ बजे खेल सुरु भएको हो। आर्मीका लागि ओपनिङमा आएका सोमपाल चार बेल खेलेर शून्यमा आउट भएका थिए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy