दबाबमा भुवनको उत्कृस्ट ब्याटिंग, एपीएफलाई प्रधानमन्त्री कपको उपाधि

त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित गर्दै शशस्त्र प्रहरी बल ( एपीएफ ) ले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।

त्रिवि क्रिकेट मैदानमा आर्मीले दिएको १८० रनको लक्ष्य एपीएफले ३८.३ ओभरमा भेटायो।

स्कोरकार्ड 

लक्ष्य पछ्याउने क्रममा एपीएफले ८२ रन बनाउदा ४ विकेट गुमायो। चौंथो नम्बरमा ब्याटिंग गरेका भुवन कार्कीले सुमित महर्जनसंग ७५ रनको साझेदारी गरे। चौतिसौं ओभरमा महर्जनलाई सुशन भारिले एलबिडब्लु पारे जस अघि उनले ३४ रन बनाए। त्यसपछि भुवनले कप्तान शरद भेसावकरसंग २२ रनको साझेदारी गरे।

जित्न १ रन बाँकी हुँदा भुवन रन आउट भए। त्यस अघि उनले ८२ बलमा ४ चौका र १ छक्का मद्दतले ५५ रन बनाए। शरद भेसवकरले अविजित १६ रन बनाए।

आर्मी बलर जितेन्द्र मुखियाले २ तथा सोमपाल कामि, बिक्रम सोब र सुशन भारिले १/१ विकेट लिए।

टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले ४० ओभरमा छोट्याइएको खेलको ३९ ओभरमा सबै विकेट गुमाएर एक सय ७९ रनको योगफल तयार गर्यो।

आर्मीका लागि ५६ बलको सामना गरेका राष्ट्रिय टिमका कप्तान रोहित पौडेलले तीन चौकासहित ४९ रनको योगदान गरे। अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेका थिएनन्। यद्यपि, अन्तिम विकेटका लागि जितेन्द्र मुखिया र सुशष भारीले ४८ रनको साझेदारी गरे।

सुशन २५ बलमा १९ रन जोडेर आउट हुँदा जितेन्द्र समान २५ बलमा २४ रन जोडेर अविजित रहे। एपीएफका लागि कसिलो बलिङ गरेका अमर र मौसमले जनही तीन विकेट लिन आफ्नो कोटाको आठ-आठ ओभरमा क्रमश:४० र ३२ रन खर्चेका थिए। यस्तै, पाँच ओभरमा १६ रन खर्चेका किशोर महतोले दुई विकेट लिए।

आर्मीले अनिल मण्डलको स्थानमा सोमपाल कामीलाई टिममा राखेपछि उत्पन्न विवादका कारण खेल समयमा सुरु नभएर झण्डै दुई घण्टा ढिलो भएको थियो।

अन्ततः सोमपाललाई पनि समावेश गराएर ११ बजे खेल सुरु भएको हो। आर्मीका लागि ओपनिङमा आएका सोमपाल चार बेल खेलेर शून्यमा आउट भएका थिए।





थप समाचार

अख्तियारको अनुसन्धान पूरा नभएसम्म एनपीएलको कुनै काम नगर्न क्यानलाई निर्देशन

नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण आयोजनाको सम्बन्धमा छानबिन गर्न राष्ट्रिय खेलकुद परिषदबाट गठन भएको कार्यदलले नेपाल क्रिकेट संघ (क्यान) […]

एलपी आरसीबीलाई एसिसिए सिड क्रिकेट लिगको उपाधि

नेपालमा एसिसिए अध्ययनरत विद्यार्थी तथा पेशागत समुदायबीच आपसी सम्बन्ध, सहकार्य र खेल भावना प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित एसिसिए सिड क्रिकेट […]

नेपाल स्ट्रिट प्रिमियर लिग हुदै , अभिनेता निखिल उप्रेती ब्राण्ड एम्बेसेडर

डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि को आयोजनामा नेपालको सबैभन्दा ठूलो टेनिस बलको टि-१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग […]

काठमाडौँ क्रिकेट एकेडेमीद्वारा यु-१६ राष्ट्रिय क्रिकेटर अभय यादव सम्मानित, पूर्ण छात्रवृत्तिको घोषणा

काठमाडौँ — मलेसियामा सम्पन्न एसीसी यु-१६ इस्ट जोन कप विजेता नेपाली यु-१६ टिमका सदस्य अभय यादवलाई काठमाडौँ क्रिकेट एकेडेमीले सोमबार […]

इन्दु युनिभर्सल कलेजको ब्रान्ड एम्बासड

काठमाडौं। मैतिदेवीमा रहेको युनिभर्सल कलेजले नेपाली राष्ट्रिय महिला क्रिकेट कप्तान इन्दु बर्मालाई ब्रान्ड एम्बासडमा नियुक्त गरेको छ। यसैगरी उनी कक्षा […]

असर २९ देखि सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिप 

यही असार २९ देखि ३२ गतेसम्म सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिपको पहिलो संस्करण आयोजना हुने भएको छ। नेक्सोभा स्पोर्ट्स प्रालिको […]