ICC WCL2 : पीएनजीलाई हराउदै नामिबिया चौंथो स्थानमा उक्लियो

आईसीसी विश्व कप लिग-२ अन्तर्गत  नामिबिया, अमेरिका र पपुवा न्यु गिनी ( पीएनजी ) विचको त्रिकोणात्मक सिरिज नामिबियामा सुरु भएको छ।

सिरिजको पहिलो खेलमा घरेलु टोलि नामिबियाले पपुवा न्यु गिनीलाई ८ विकेटले सहजै पराजित गरेको छ। पपुवा न्यु गिनीले दिएको १०८ रनको लक्ष्य नामिबियाले २ विकेट क्षेतीमा १५.१ ओभरमै पुरा गर्यो।

नामिबियाको ब्याटिंगमा ओपनर लो-हान्ड्रे लौरेन्सले ३६, माइकल भान लिंगेनले अविजित २९, डीभान लाकक ले २५ तथा जेरहार्ड इरास्मसले अविजित १३ रन बनाए। लौरेन्स र लाककले ६० रनको ओपनिंग साझेदारी गरे।

टस जितेर फिल्डिंग रोजेको नामिबियाले पपुवा न्यु गिनीलाई ३८.५ ओभरमा १०७ रनमै सिमित गर्यो।

अत्यन्त खराब सुरुवात गर्ने क्रममा पपुवा न्यु गिनीले २९ रन बनाउदा ५ विकेट गुमायो। कप्तान असाद भालाले छैठौं विकेटको लागि किप्लिन डोरिगासंग ३५ रनको साझेदारी गरे। त्यसपछि पनि पपुवा न्यु गिनीको विकेट जाने क्रम रोकिएन। ३३ औं ओभरमा भालालाई लफ्टि इटनले पेभेलियन फर्काए। त्यस अघि भालाले ९० बलमा ३ चौका मद्दतले ४४ रन बनाए।

नामिबियाका बलर जेजे स्मित, टाँगेनि लुगामेनी र बर्नार्ड स्कल्जले २/२ विकेट तथा रुबेन ट्रंपलम्यान, जेरहार्ड इरास्मस र लफ्टि इटनले १/१ विकेट लिए।

जितपछि नामिबिया लिग-२ अंकतालिकामा युएईलाई पछि पर्दै चौंथो स्थानमा उक्लेको छ। नामिबियाको २३ खेलमा १४ जित र ९ हर पछि २८ अंक भएको छ। युएईको २६ खेलमा १२ जित र ११ हार पछि २७ अंक छ। २५ खेल खेल्दा २२ हार र २ जित दर्ता गर्न सकेको पपुवा न्यु गिनी अन्तिम अर्थात् सातौँ स्थानमा छ।

पहिलो स्थानमा ३६ खेलमा ४४ अंक सहित ओमान छ। स्कटल्याण्ड २८ खेलमा ४० अंक सहित दोश्रो तथा अमेरिका ३२ खेलमा २९ अंक सहित तेश्रो स्थानमा छ। नेपाल २० खेलमा ८ जित र ११ हार पछि १७ अंक सहित छैठौं स्थानमा छ।

लिग-२ अन्तर्गत नेपालले आगामी सिरिज नामिबिया र स्कटल्याण्डसंग खेल्ने तालिका छ। डिसेम्बर १ देखि ८ तारिखमा नामिबियामा उक्त सिरिज खेल्नेछ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]