ICC WCL2 : पीएनजीलाई हराउदै नामिबिया चौंथो स्थानमा उक्लियो

आईसीसी विश्व कप लिग-२ अन्तर्गत  नामिबिया, अमेरिका र पपुवा न्यु गिनी ( पीएनजी ) विचको त्रिकोणात्मक सिरिज नामिबियामा सुरु भएको छ।

सिरिजको पहिलो खेलमा घरेलु टोलि नामिबियाले पपुवा न्यु गिनीलाई ८ विकेटले सहजै पराजित गरेको छ। पपुवा न्यु गिनीले दिएको १०८ रनको लक्ष्य नामिबियाले २ विकेट क्षेतीमा १५.१ ओभरमै पुरा गर्यो।

नामिबियाको ब्याटिंगमा ओपनर लो-हान्ड्रे लौरेन्सले ३६, माइकल भान लिंगेनले अविजित २९, डीभान लाकक ले २५ तथा जेरहार्ड इरास्मसले अविजित १३ रन बनाए। लौरेन्स र लाककले ६० रनको ओपनिंग साझेदारी गरे।

टस जितेर फिल्डिंग रोजेको नामिबियाले पपुवा न्यु गिनीलाई ३८.५ ओभरमा १०७ रनमै सिमित गर्यो।

अत्यन्त खराब सुरुवात गर्ने क्रममा पपुवा न्यु गिनीले २९ रन बनाउदा ५ विकेट गुमायो। कप्तान असाद भालाले छैठौं विकेटको लागि किप्लिन डोरिगासंग ३५ रनको साझेदारी गरे। त्यसपछि पनि पपुवा न्यु गिनीको विकेट जाने क्रम रोकिएन। ३३ औं ओभरमा भालालाई लफ्टि इटनले पेभेलियन फर्काए। त्यस अघि भालाले ९० बलमा ३ चौका मद्दतले ४४ रन बनाए।

नामिबियाका बलर जेजे स्मित, टाँगेनि लुगामेनी र बर्नार्ड स्कल्जले २/२ विकेट तथा रुबेन ट्रंपलम्यान, जेरहार्ड इरास्मस र लफ्टि इटनले १/१ विकेट लिए।

जितपछि नामिबिया लिग-२ अंकतालिकामा युएईलाई पछि पर्दै चौंथो स्थानमा उक्लेको छ। नामिबियाको २३ खेलमा १४ जित र ९ हर पछि २८ अंक भएको छ। युएईको २६ खेलमा १२ जित र ११ हार पछि २७ अंक छ। २५ खेल खेल्दा २२ हार र २ जित दर्ता गर्न सकेको पपुवा न्यु गिनी अन्तिम अर्थात् सातौँ स्थानमा छ।

पहिलो स्थानमा ३६ खेलमा ४४ अंक सहित ओमान छ। स्कटल्याण्ड २८ खेलमा ४० अंक सहित दोश्रो तथा अमेरिका ३२ खेलमा २९ अंक सहित तेश्रो स्थानमा छ। नेपाल २० खेलमा ८ जित र ११ हार पछि १७ अंक सहित छैठौं स्थानमा छ।

लिग-२ अन्तर्गत नेपालले आगामी सिरिज नामिबिया र स्कटल्याण्डसंग खेल्ने तालिका छ। डिसेम्बर १ देखि ८ तारिखमा नामिबियामा उक्त सिरिज खेल्नेछ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy