यु-१९ राष्ट्रिय दोश्रो दिन : सुदूरपश्चिम र प्रदेश-१ विजयी

काठमाडौँमा जारि अन्डर-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोश्रो दिन सम्पन्न दुई खेलमा प्रदेश-१ र सुदूरपश्चिम प्रदेश विजयी भएका छन्। प्रदेश-१ ले गण्डकी प्रदेशलाई तथा सुदूरपश्चिमले कर्णाली प्रदेशलाई पराजित गर्यो।

मुलपानी मैदानमा सम्पन्न खेलमा प्रदेश-१ ले गण्डकी प्रदेशलाई २१ रनले पराजित गर्यो। प्रदेश-१ ले दिएको १८४ रनको लक्ष्य पछ्याएको गण्डकीले ४८.३ ओभरमा १६२ रन बनाउदा सबै विकेट गुमायो। गण्डकीको यो दोश्रो हार हो। हिजो गण्डकीलाई बागमती प्रदेशले पराजित गरेको थियो।

गण्डकी प्रदेशको लागि करन पंगेनीले सर्वाधिक ४८ रन बनाए। दिपक डुम्रेले २५, अर्जुन कुमालले २२ तथा सुबास भण्डारीले १८ रन बनाए।

प्रदेश-१ का बलर दिपेश कंडेल र अस्विन महतोले ३/३ तथा बिपिन महतो र सोनु अन्सारीले २-२ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको प्रदेश-१ ले ४९.४ ओभरमा १८३ रनमा सबै विकेट गुमायो।

प्रदेश-१ का ओपनर सोनु अन्सारीले सर्वाधिक ६४ रन बनाए जुन क्रममा ९४ बलमा ६ चौका र १ छक्का प्रहार गरे। कप्तान दिपेश कंडेलले ३६ तथा फैजल रहमानले २६ रन बनाए।

गण्डकी प्रदेशका बलर शिशिर भुषालले ४ विकेट, निर्तेश गिरिले ३ विकेट, सुबास भण्डारीले २ विकेट तथा सुदिप अर्यालले १ विकेट लिए।

सुदूरपश्चिमद्वारा कर्णाली पराजित, मिलनको अलराउण्ड प्रदर्शन 

दिनको दोश्रो खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशलाई ५ विकेटले पराजित गर्यो। कर्णाली प्रदेशले दिएको १२८ रनको लक्ष्य सुदूरपश्चिमले २६.२ ओभरमा ५ विकेट गुमाएर भेटायो।

सुदूरपश्चिमको लागि मिलन बोहाराले सर्वाधिक ४२ रन योगदान दिए। दिपक बोहरा ( ओपनर ) र दीपक बोहराले ( पाँचौ नम्बर ) समान २० रन बनाए। सुनिल चन्दले अविजित १३ तथा अनुराग सिंहले १० रन बनाए। कर्णालीका फास्ट बलर अनुज चनाराले ३ विकेट तथा सन्दिप शाही र मोहन बिकले १/१ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको कर्णाली प्रदेशले ३२.३ ओभरमा सबै विकेट गुमाएर १२७ रन बनायो। कर्णालीको लागि दिनेश अधिकारीले सर्वाधिक ३५ रन बनए। सुवास ऐरले ३० , बिपिन रावलले १९ तथा आवाश शाहले १५ रन बनाए। सुदूरपश्चिमका मिलन बोहराले ३, नरेन साउदले २ तथा हेमन्त धामी र कैलाश ऐरले १/१ विकेट लिए।





थप समाचार

अनिल र आशिफको अर्धशतकमा नेपाल विजयी

काठमाडौं । ओपनर आशिफ शेख तथा अनिल शाहको अर्धशतकको सहयोगमा नेपालले वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ […]

अन्तिम खेल जित्न नेपाललाई १७३ रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ तथा अन्तिम खेल जित्न नेपालले १ सय ७३ रनको […]

नेपालले टस हार्यो, नेपाली टिममा दुई परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको पाँचौ खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]

विश्वकपका लागि अमेरिका र वेस्ट इन्डिजको टोली घोषणा

काठमाडौं । आगामी जुनमा आयोजना हुने टी-२० विश्वकपको संयुक्त आयोजक रहेका अमेरिका र वेस्ट इन्डिजले विश्वकपका लागि टोली घोषणा गरेका […]

वेस्ट इन्डिज ए सँगको अन्तिम खेल आज

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिजको पाँचौ तथा […]

विश्वकपमा नेपालको खेलतालिका यस्तो छ

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]