जद्रान र फारुकी चम्किंदा अफगानिस्तानद्वारा श्रीलंका पराजित

घरेलु टोलि श्रीलंकालाई ६० रनले पराजित गर्दै अफगानिस्तानले तिन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा १-० को अग्रता लिएको छ।

पालेकेले स्टेडियममा सम्पन्न खेलमा अफगानिस्तानले दिएको २९५ रनको लक्ष्य पछ्याएको श्रीलंकाले ३८ ओभरमा २३४ रनमा सबै विकेट गुमायो।

श्रीलंकन ओपनर पथुम निसंकाले सर्वाधिक ८५ तथा वानिन्दु हसरंगाले ६६ रन बनाए। दुई बाहेक अन्य ब्याट्सम्यान लामो समय क्रिजमा जम्न सकेनन्। धनन्जय डी सिल्भा र दासुन शनाकाले समान १६ रन बनाए।

अफगानिस्तानको बलिंगमा फजलहक फारुकीले ४ विकेट लिए जुन क्रममा ९ ओभरमा ४९ रन खर्चिए। गुल्बदीन नैबले ३, यामिन अहमदजाईले २ तथा राशिद खानले १ विकेट लिए।

टस जितेर ब्याटिंग गरेको अफगानिस्तानले ५० ओभरमा ८ विकेट क्षेतीमा २९४ रन बनायो।

अफगानिस्तान ओपनर इब्राहिम जद्रानले करियरको दोश्रो शतक बनाए जुन क्रममा १०६ रन बनाए। उनले १२० बलमा ११ चौका प्रहार गरे। अर्का ओपनर रहमनुल्लाह गुर्बजले ५३ बनाए। रहमत शाहले ५२, नजिबुल्लाह जद्रानले ४२ तथा गुल्बदीन नैबले २२ रन बनाए।

जद्रानले गुर्बजसंग ८४ रनको ओपनिंग तथा दोश्रो विकेटको लागि रहमतसंग ११८ रनको साझेदारी गरे।

श्रीलंकाको बलिंगमा वानिन्दु हसरंगाले २ विकेट लिंदा कसुन रजिथा, धनन्जय लक्षन, लाहिरु कुमारा र महेश तिक्षनाले १/१ विकेट लिए।

सिरिज अन्तर्गत दोश्रो र तेश्रो खेल नोभेम्बर २७ र नोभेम्बर ३० तारिखमा हुनेछ।





थप समाचार

विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा भएको छ […]

हैदराबादमाथि चेन्नईको सहज जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ४६ औं खेलमा चेन्नई सुपर किंग्सले सनराइजर्स हैदराबादमाथि सहज जित हात पारेको […]

गायकवाड शतकबाट चुक्दा हैदराबादले पायो २१३ रनको लक्ष्य

काठमाडौं । कप्तान ऋतुराज गायकवाड शतकबाट २ रनले चुक्दा १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ४६ औं खेलमा चेन्नई सुपर […]

ज्याक्सको शतकमा बेंगलुरुको लगातार दोस्रो जित

काठमाडौं । विल ज्याक्सको शतकीय इनिङको सहयोगमा १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आईपीएल) को ४५ औं खेलमा रोयल च्यालेनजर्स बेंगलूरुले […]

रोहितको अर्धशतक बाबजुद नेपाल पराजित

काठमाडौं । कप्तान रोहितकुमार पौडेलको अर्धशतक बाबजुद नेपाल र वेस्ट इन्डिजबीचको पाँच खेलको टी-२० सिरिजको दोस्रो खेलमा नेपाल पराजित भएको […]

वेस्ट इन्डिजविरुद्ध नेपालको कसिलो बलिङ, नेपालले पायो १६१ रनको लक्ष्य

काठमाडौं । नेपाल र वेस्ट इन्डिजबीचको पाँच खेलकाे टी-२० सिरिजको दोस्रो खेलमा नेपालले कसिलो बलिङको सहयोगमा १ सय ६१ रनको […]