U19 National : हेमन्त र दुर्गेशले ५ विकेट लिंदा सुदूरपश्चिम र लुम्बिनी विजयी

२०७९ मंसिर १२, सोमबार १६:१८

Hemant Dhami

कप्तान अनुराग सिंहको उत्कृस्ट ब्याटिंग र हेमन्त धामीको उत्कृस्ट बलिंग प्रदर्शन मद्दतले सुदूरपश्चिम प्रदेशले अन्डर-१९ राष्ट्रिय प्रतियोगितामा लगातार चौंथो जित दर्ता गरेको छ। आजै सम्पन्न प्रतियोगिताको दोश्रो खेलमा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई पराजित गर्यो।

टियु अन्तर्राष्ट्रिय मैदान कीर्तिपुरमा सुदूरपश्चिमले दिएको २६५ रन लक्ष्य पछ्याएको प्रदेश-१ ले १६.३ ओभरमा ५१ रनमै सबै विकेट गुमायो।

सुदूरपश्चिमका दायाँ हाते फास्ट बलर हेमन्त धामीले सुरुवाती ५ विकेट लिंदै प्रदेश-१ को इनिंग्स धरासायी बनाए। उनले ७ ओभरमा २२ रन खर्चिए। यस्तै अर्का फास्ट बलर आकाश चन्दले ३ विकेट ( ४-१-८-३ ) र मिलन बोहराले २ विकेट लिए।

प्रदेश-१ का भुपाल दंगालले सर्वाधिक १० रन बनाए भने अतिरिक्तको रुपमा सुदूरपश्चिमले १६ रन खर्चियो।

Hemant Dhami
Hemant Dhami

टस जितेर ब्याटिंग गरेको सुदूरपश्चिमले ५० ओभरमा ९ विकेट क्षेतीमा २६४ रन बनायो।

सुदूरपश्चिमका कप्तान अनुराग सिंहले सर्वाधिक ८३ रन बनाए जुन क्रममा उनले ११२ बलमा ८ चौका र १ छक्का प्रहार गरे। मिलन बोहराले ६४ रन बनाए। दिपक बोहराले ३२, गजेन्द्र बोहराले २४ तथा आकाश चन्दले २० रन बनाए।

तेश्रो विकेटको लागि अनुराग र मिलनले १०३ रनको साझेदारी गरेका थिए।

प्रदेश-१ का दायाँ हाते बलर अभिनय राजवंशीले सर्वाधिक ४ विकेट लिए। आशिष मगर र दिपेश कंडेलले २/२ विकेट लिए।

लुम्बिनीको जित 

मुलपानी मैदानमा सम्पन्न दोश्रो खेलमा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई ४ विकेटले पराजित गर्यो। गण्डकी प्रदेशले दिएको १६२ रनको लक्ष्य लुम्बिनीले ६ विकेट गुमाएर ३९.२ ओभरमा भेटायो।

लक्ष्य पछ्याउने क्रममा ७१ रनमा ४ विकेट गुमाएपछि त्रिपाठीले पाँचौ विकेटको लागि विशाल भुसालसंग ८२ रनको साझेदारी गर्दै जितको आधार तयार गरे। त्रिपाठी ३८ औं ओभरमा आउट भए जस अघि उनले ७८ बलमा ३ चौका मद्दतले ४५ रन बनाए। विशालले अविजित ५२ रन बनाए जुन क्रममा ७२ बलमा ३ चौका र १ छक्का प्रहार गरे।

किरण भट्टराई र सुदिप अर्यालले २/२ विकेट तथा निर्तेश गिरि र सुबास भण्डारीले १/१ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको गण्डकीले ३६.३ ओभरमा १६१ रनमा सबै विकेट गुमायो। उसको लागि सुदिप अर्यालले सर्वाधिक ३६, दिपक डुम्रेले ३०, करन पंगेनीले २९ रन बनाए।

लुम्बिनीका फास्ट बलर दुर्गेश गुप्ताले ५ विकेट लिंदा निर्मल गुरुङले ३ तथा नर सार्की र तुल बहादुर थापाले १/१ विकेट लिए।

आजको जितपछि सुदूरपश्चिम ४ खेलमा ८ अंक सहित अंकतालिकाको शिर्षमा छ। तेश्रो खेल खेल्दा दोश्रो जित पछि लुम्बिनी प्रदेश ४ अंक सहित तेश्रो स्थानमा छ। तिन वटै खेल जितेको बागमती ६ अंक सहित तेश्रो स्थानमा छ। हारपछि प्रदेश-१ ३ खेलमा २ अंक सहित पाँचौ तथा गण्डकी प्रदेश ४ वटै हार पछि अंकविहिन रहँदै छैठौं स्थानमा छ।

https://www.youtube.com/watch?v=3FMndv1vrXk

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy