धमलालाई राखेको निमित्त सदस्यसचिवको जिम्मेवारी

काठमाडौं, मंसिर १३- राष्ट्रिय खेलकुद परिषद् (राखेप) का बोर्ड सदस्य अञ्जन धमलाले मंगलबार राखेपको निमित्त सदस्यसचिवको जिम्मेवारी पाएका छन् ।

राखेपका सदस्यसचिव टंकलाल घिसिङ डिसेम्बर १ देखि ३ तारिखसम्म युनाइटेड अरब इमिरेट्सको (युएई) गएकाले बोर्ड सदस्य धमलाले निमित्त सदस्यसचिवको जिम्मेवारी पाएका हुन् । राखेप बोर्ड सदस्य धमला दक्षिण एसियाली आइटिएफ महासंघका वरिष्ठ उपाध्यक्ष एवम् नेपाल आइटिएफ तेक्वान्दो महासंघका अध्यक्षसमेत हुन् ।

नेपाल रग्बी संघका पूर्वअध्यक्षसमेत रहेका घिसिङ युएईको राष्ट्रिय ओलम्पिक कमिटीको मुख्यालयमा हुने एसिया रग्बी कार्यकारी समिति र इमिरेट्स दुबई रग्बी सेभेन्सको बैठकमा सहभागी हुन दुबइ जाँदैछन् । यस अवधिभर निमित्त सदस्यसचिव धमलाले सदस्यसचिव घिसिङको अनुपस्थितिमा राखेपको नीतिगत निर्णय र आर्थिक कारोबारबाहेक दैनिक प्रशासनिक कार्य गर्नछन्। सदस्यसचिव घिसिङ मंगलबारै दुबई प्रस्थान गरिसकेका छन् ।





थप समाचार

नेपाललाई हराउँदै वेस्ट इन्डिजलाई सिरिज

काठमाडौं । नेपाललाई हराउँदै वेस्ट इन्डिज ए ले पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा जित निकालेको छ । टियु क्रिकेट […]

सिरिज बराबरी गर्न नेपाललाई २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको सिरिजमा २-२ को बराबरी गर्न नेपालले २ सय १० रनको लक्ष्य पाएको […]

नेपालले टस हार्यो, टोलीमा आठ परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]

विश्वकपका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि क्यानडाको टोली घोषणा भएको छ […]

वेस्ट इन्डिज ए सँग चौथो खेल खेल्दै नेपाल

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिजको चौथो खेल […]

चेन्नईमाथि पञ्जाबको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ४९ औं खेलमा चेन्नई सुपर किंग्समाथि पञ्जाब किंग्सले जित निकालेको […]